राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभिन्न १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।
प्रमाणीकरण भएका विधेयकका नाम र प्रमाणीकरण मिति यस प्रकार छन् ।
१, लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक – २०७९/३/३१,
२, आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७९/३/३१,
३, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,
४, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१,
५, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक – २०७९/३/३१,
६, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१,
७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,
८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,
९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,
१०, सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,
११, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,
१२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१ र
१३ रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१
रासस