मार्क्सबादले सामाजिक कोलहलता, असमानता लगायतका मानव समाजका विविध अन्तरकलहको कारण निजी स्वामित्वलाई मान्दछ । जुन कारणले मानव समाजमा असमानता र मानव–मानव विचको विभेद सुरु हुन्छन । विभेदको अन्त्य विना मानव समाजमा शान्ति र समानता स्थापना हुन सक्दैन भन्ने माक्र्सवादको मूलभूत मान्यता हो । निजी स्वामित्वको कारण नै विश्व मानव समाज विभिन्न राज्यमा विभाजित भएको र निजी स्वामित्वलाई सामूहिक स्वामित्व वा कम्युनिजममा रुपान्तर गर्ने वित्तिकै मानव–मानव विचको असमानताको अन्त्य हुनको साथै विभिन्न देशहरु पनि नहरने र विश्व एउटा समानतामुलक मानवीय समाज बन्ने मार्क्सबादको ठहर छ ।
बर्तमान नेपाली समाजमा देखापरेका राजनीतिक पार्टी र तीनले अघि सारेका एजेण्डाले समाजिक कोलाहलता र असमानताको अन्त्य भएर समानता मूलक शान्तिपूर्ण समाज बन्न सक्छ अथवा उनीहरुले आघिसारेका सैद्धान्तीक मान्यता उनीहरुले अनुसरण गरेको सँस्कृतिकले त्यो ठाउँमा पुर्याउछ त भन्ने विषयमा गहन बहसको आवश्यकता छ ।
नेपालमा आफूलाई गैर साम्यवादी भन्ने दलहरुको बारेमा माक्र्सवादी दृष्टिकोणबाट विश्लेषण गर्दा पुरै अबैज्ञानिक देखिन्छ । उनिहरुले शान्तिपूर्ण समाजको जसरी परिकल्पना गरेका छन उनिहरुले भने जसरी सबै बर्ग तह तप्काका जनताको राज्यले हित गर्ने अनि शान्ति अझ दिगो शान्तिको स्थापना भनेका छन त्यो कसरी सम्भव छ ? एकातीर माक्र्सवादले त्यो मान्यतालाई ठाडै खारेज गर्दछ भने अर्कोतिर विश्वका आफूलाई प्रजातान्त्रिक भनिने दलहरुले सबै जनतालाई समानतामुलक तरिकाले चलाएका छन् त भन्दा त्यो पनि छैन । हो माक्र्सवादले ऐतिहासिक भौतिकबादकै आधारमा पुष्टि गरेको छ कि पार्टीले बर्गको प्रतिनिधित्व गर्छ र कुनै पनि राज्य सत्ता खास एक बर्गको स्वार्थमा काम गर्ने भएको हुनाले सबै बर्गको हित गर्ने न राजनीतिक पार्टी हुन्छ न राज्य सत्ता नै हुन्छ त्यसैले प्रजातान्त्रिक भनिने पुँजिवादी पार्टीहरुले अघि सारेको समतामुलक समाजका जुन अवधारणा छन् त्यो करिव ३०० बर्षको त्यसको अवधिलाई हेर्दा पनि माक्र्सवादले अघि सारेको मान्यता नै सहित सावित हुन्छ । उदाहरणकै लागि २००७ सालबाट यता हेर्दा पनि प्रजातान्त्रीक दलहरुले चलाएको भनिएको राज्यमा उत्पडित र आधारभूत जनता आर्थिक समाजिक हिसावले समान अवस्थामा आए त भन्दा आएनन् त्यसैले प्रजातान्त्रीक मान्यताबाट नेपाली समाजको विश्लेषण तथा व्याख्यालाई मार्क्सबादले खारेज गर्छ ।
अर्कोतिर आफूलाई कम्युनिष्ट दावा गर्ने पार्टीहरुले नेपाली समाजको जसरी व्याख्या र विश्लेषण गरेका छन उनिहरुको विश्लेष्ण केहि हदसम्म सहि भएपनि बस्तुगत रुपमा सबै सहि छैनन । रणनिति तथा अन्तीम उद्देश्यको सन्दभर्वमा सहि भएता पनि कार्यनिति र आन्तिरिक कम्युन नैतिकताको सवालमा सहि छैनन । जस्तो माक्र्सवादले द्वान्द्वात्मक भौतिकबाद तथा ऐतिहासिक भौतिकबादको आधारमा भन्दै आएको कुरा र मान्यता केहो भने समाज विकासको क्रममा जव निजी स्वामित्वको सूरुवात भयो जसको कारण समाजमा शोषक र शोषित बर्ग देखा प¥यो जसको कारण मानव समाजमा असमानताको सुरुवातको कारण निजी स्वामित्व नै हो र यसको अन्त्य विना समाजमा समानता र शान्तिपूर्ण समाज हुन नसक्ने मान्यता राख्दाछ । समाजबाट असमानताको अन्त्यको लागि कम्युनिष्ट पार्टीको स्थापना र बर्ग संघर्ष मार्फत उच्च समानतामुलक मानवीय समाज साम्यवाद स्थापना गर्ने भन्दछ । कम्युनिष्ट पार्टी भनेकै निजी स्वामित्वको अत्य गरेर सामूहिक स्वामित्वमा आबद्ध प्रारम्भीक कम्युन हो । त्यो बर्ग संघर्ष मार्फत जनता सम्म कम्युन हुने भन्ने हो । त्यो मान्यता नेपालमा आफूलाई कम्युनिष्ट भन्ने पार्टीहरुमा छ त ? छैन । निजी स्वामित्वका मालिकहरुको टिमलाई कम्युनिष्ट पार्टी भनिएको छ । जुन गलत छ । माक्र्सवादी मान्यताबाट हेर्दा नेपालका कुनै पनि पार्टी कम्युनिष्ट होइनन । उनिहरु आफै कम्युनिष्ट होइनन भने उनिहरुले विश्लेषण गरेको नेपाली समाजको चरित्र सहि नै भए पनि कम्युनको दिशातीर जान नखोजिरहेका नामधारी कम्युनिष्ट मात्र हुन ।
नेपाली समाज लामो समय देखि सामन्तबादले निरन्तर शासन गर्दै आएको समाज हो । जसको कारण नेपाली समाजमा आर्थिक सामाजिक साँस्कृतिक क्षेत्र पूरै सामन्तबादको अनुदार र चरित्र प्रस्टै देख्न सकिन्छ । सामन्तबादले मानव समाजमा धर्म र अन्धविश्वास नराम्रो गरि सताएको छ । सामन्तबादको अन्त्य भनेता पनि राजनीतिक पार्टीमा मात्र होइन सिङगो समाज सामन्तबादबाट मुक्त छैन । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएर साम्यवादी साहित्य मार्फत बर्ग बैरीलाई केहि अवरोध र बर्ग संघर्षको उठान गरेतापनि चिन्तनगत रुपमा जनताहरुमा त परैको कुरा स्वयम कम्युनिष्ट नेता कार्यकर्ताहरु साम्यवादलाई व्यवहारबाटै अनुसरण नगरिएको धरातलिय ययार्थ बुज्न सकिन्छ । नेपाली समाजमा छ साल देखि आज सम्मको अवस्थालाई हेर्दा सवभन्दा सकारात्मक पक्ष भनेको नेपाली जनता साम्यवाद अर्थात कम्युनिष्ट समर्थक छन तर जनताको सोझोपनको फाइदा उठाउदै संसदबादी कम्युनिष्टले संसदिय व्यवस्थामा दाइ खेल्ने मौका पाएको अवस्था छ । माक्र्सवादको मूलभूत मान्यता शसस्त्र संघर्ष, सर्वहारा बर्गको अधिनायकबाद हुदै साम्यवाद हो तर नेपालमा बहुमत जनता कम्युष्टि समर्थक भए पनि माक्र्सवादका ति मूलभूत मान्यता लाई स्वीकार गर्दैनन र विना क्षती विना कष्ट साम्यवाद आउनु पर्छ भन्ने मान्यता राख्ने मत हावि छ । जनतामा त्यो अवस्थाको चेतना हुनको दूइवटा कारणहरु छन् । पहिलो टुक्रे उत्पादन सम्बन्ध र कम्युनिष्ट नेतृत्वको गलत नियत अर्थात माथि भनिए जस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा नेतृत्व (केहिलाई छोडेर) टिम नै साम्यवाद चाहादैनन र बाहिरी रुपमा कम्युनिष्टको नारा उराल्छ । त्यो नरामा जनता गोलबन्द हुन्छन अनि जनताको जनबलले सिमित नेतृत्वहरुलाई पुरानो सत्तामा सत्ता भोग गर्ने बल प्राप्त भएपछि आन्दोलनलाई सम्झौतामा टुङ्गाएर सिद्धान्तको बनावटी अस्त्र फाल्ने र जनता कार्यकर्ताहरुलाई अलमल्याउने र सत्ता भोग गर्ने नियत भएको हुनाले पार्टीका कार्यकर्तालाई साम्यवादी नैतिकता सिकाएर स्पष्ट र साम्यवादलाई व्यवहारबाटै लागु गराउन स्वयम् नेतृत्व कर्ताहरुले नै नचाहेको प्रष्टै भइसकेको छ ।
नेपाली समाज विभिन्न जात जाती भाषा भाषी धर्म संस्कृतिमा विभाजित छन् । माक्र्सवादले बर्गिय एकता चाहान्छ । जातीयताको आधारको एकता होइन, तर नेपाली समाजको मनोविज्ञान बर्गवादी छैन जातीबादी, धर्मवादी, क्षेत्रीयताबादी छ । बर्ग एकतामा ल्याउन समस्या छ । मार्क्सबादले धर्मलाई अफिम भन्छ तर नेपाली समाज धर्मवादी छ । शोषित बर्ग एक हुने कुरामा नेपाली समाज अनभिज्ञ छ । एउटा धर्म र एउटा सम्प्रदायको नारा लगायो भने सजिलै सडकमा उत्रन्छ प्रश्न गर्न जान्दैन पूजा गर्न सिपालु छ । अनुसन्धान, आलचेना रुचाउदैनन भक्तीभाव र प्रार्थना रुचाउछ माक्र्सवादले कुनैपनि बस्तु र चिज माथि द्वन्द्वात्मक नजर लगाउ भन्छ तर नेपाली समाज पूर्विय दर्शनको भौतिकबादी पक्षलाई मान्दैन आध्यात्मीक पक्षलाई बढी रुचाउछ । पूर्विय साहित्यको पाठ गर्छ र समालोना गर्दैन ।
यहाँ एउटै चर्चा भइरहने विषयबस्तु के हो भने नेपालको विशेषतामा माक्र्सवादको प्रयोग भन्ने सुनिन्छ । हो माक्र्सवादलाई नेपाली विशेषताका आधारमा लागु गर्नुै पर्दछ यो बस्तुगत कुरा हो किनकि विश्वमा जुन–जुन देशमा माक्र्सवादको प्रयोग भए त्यहि सुत्रबाट नेपालमा माक्र्सवादको प्रयोग गर्ने भन्ने कुरा बस्तुबादी हुदैन । रुस, चिन, भियतनाम, क्यूवा लगायतका देशहरुमा आ–आफ्नै देशका विशेषताका आधारमा क्रान्ति भए यसो भनि रहदा माक्र्सवाद भनिसके पछि यसको दर्शन अनुसार चल्नु पर्ने हुन्छ अर्थात माक्र्सवादका भूलभूत मान्यता तथा सार्वभौम सिद्धान्त छोडियो भने त्यो माक्र्सवाद हुदैन बर्ग समन्वय गरेर पनि सम्यवाद आउछ भनियो भने त्यो माक्र्सवाद हुन सक्दैन राज्य सत्ताले सबै बर्गको हित गर्छ भनियो भने त्यो माक्र्सवाद हुदैन नेपालका सन्दर्वमा अध्यात्मबाद नै कम्युनिष्टको दर्शन हुन्छ भनियो भने पनि त्यो माक्र्सवाद हुन सक्दैन त्यसैले माक्सवादको आधारभूत मान्यतालाई नछोडी यसलाई अर्को शब्दमा भन्दा माक्र्सवादको आधारभूत मान्यताः
१. शसस्त्र संघर्ष
२. सर्वहारा बर्गको अधिनायकत्व
३. राज्यको विलय
जस्ता मान्यता छोड्नु भनेको मार्क्सबाद विरोधी हुनु हो । नेपालमै माक्र्सवादको प्रयोग गर्दा यि मान्यता छुट्नु हुन्न ।
कार्लमार्क्सले औल्याए जस्तो औद्योगिक मजदुर त नेपालमा छैनन तर शोषित बर्गहरु छन मार्क्सले जसरी जहाँ उद्योग धन्दा धेरै छन र मजदुर धेरै छन त्यहाँ पहिला क्रान्ती हुन्छ भने तर त्यस्तो त भएन अर्थात सवैभन्दा औद्योगिक क्षेत्र त बेलायतमा थियो तर मार्क्सबादको प्रयोग वा क्रान्ती त रुसमा भयो जुन बेलायत भन्दा मजदुर उद्योग धन्दामा पछाडि थियो । रुसी क्रान्ती रुसकै विशेषतामा भयो । पेरिसकै तरिकाले भएन तर माक्र्सवादका मभूलभूत मान्यता कै आधारबाट भयो । चीन, भियतनाम, क्यूवामा पनि त्यहिकै विशेषतमा माक्र्सवादको प्रयोग भए पनि मार्क्सबादका मूलभूत मायता त त्यहाँ पनि छोडिएनन ।
नेपालकै सन्दर्वमा पनि त्यहि सत्य हो । पश्चिमा सामन्तबाद र नेपाली सामन्तबादमा भिन्नता छ नेपाली सामन्तबाद बर्ण व्यवस्थामा आधारित सामन्तबाद हो भने युरोपियन अन्य देशका सामन्तबाद फरक हो । नितान्त जमिनमा आधारित हो । यहाँको भौगोलिक सामाजिक आर्थिक ढाँचा फरक भएको हुनाले नेपालकै विशेषतामा मार्क्सबादको प्रयोग हुनु अनिवार्य छ ।
मार्क्सबादको दृष्टिकोणमा समाज विकासका विभिन्न चरणहरु पार गर्दै विश्व समाज गुर्जिएको छ । जस्तो आदिम साम्यवाद, दास यूग, सामन्ती यूग, पूँजीवादी युग नेपाली समाज पनि यही समाज विकासको चरणहरु पार गर्दै आजको अवस्था अर्थात सामन्ती युगबाट पुँजिवादी युगमा प्रवेशको चरणमा छ । यो ऐतिहासिक भौतिकबादी मान्यता अनुसार क्रमशः समाज प्रगति पथमा अघि बढेको कुरा स्पष्टै छ । नेपाल पनि त्यसैगरि अघि बडेको छ र बढ्ने छ । आजको अर्ध सामन्ती यूगबाट प्रगतिशिल पूँजीवादी यूगमा समाज प्रवेशको लागि माक्र्सवादका आधारभूत मान्यता भन्दा बाहिरबाट समाज अगाडि बढ्नै सक्दैन स्पष्टै छ ।
जसरी अहिलेका सत्ता संचालकहरु स्थाइ शान्ति, दिगो शान्ति, सबै मान्छेको हित गर्ने राज्य व्यवस्था भनिरहेकाछन मार्क्सबादको कसीमा ति हास्यास्पद छन । सबै बर्गको एउटै राज्य हुदैन बर्गहरु रहेसम्म स्थाइ शान्ति पनि हास्यास्पद हो । सत्य कुरा भन्नै पर्छ नेपाली जनता परिवर्तनको पक्षमा त छन यिनै जनतालाई जगाएर नेपालमा साम्यवादी अभियान अघि बढाउने हो तर मार्क्सबादको मूलभूत मान्यता र मार्क्सबादी नैतिकताबाट नेपाली समाज अनविज्ञ छ ।