चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख वस्तुमध्ये २७ वटाको मूल्य वृद्धि भएको छ भने २० वटामा कम मूल्य मापन गरिएको छ ।
अनुगमन गरिएका वस्तुहरूमध्ये, खाना पकाउने प्राकृतिक ग्यासमा जुलाईको अन्त्यदेखि मूल्य ६.७ प्रतिशतले वृद्धि भएको छ, जबकि सल्फ्यूरिक एसिड (९८ प्रतिशत) को मूल्यमा २८.२ प्रतिशतको तीव्र गिरावट देखिएको छ ।
अगष्टको सुरुमा सुँगुरको मासुको मूल्य १.४ प्रतिशतले बढेर प्रतिकिलो २१.५ युआन (करिब ३.२ अमेरिकी डलर) पुगेको थियो । प्रत्येक १० दिनको अन्तरालमा सार्वजनिक गरिने यो अनुगमन विवरण ३१ प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता र वितरकको सर्वेक्षणमा आधारित तथ्याङ्क हो । -सिन्ह्वा