~शोभा सिलवाल / पाण्डेय
जुन जोगी आए पनि कानै चिरेको
देखिँदैन देशले मुहार फेरेको ।
काठमाडौँको मुहार फेर्न बालेनले आँटेका
पुराना नेताले खुट्टा तानेका
बालेनले जस लेला भनी नेता डराए
फोहोरमा बस्न हाम्लाई बाध्य बनाए।
नाम राजधानी छ, फोहोरको खानी छ
डेङ्गु र हैजाले ज्यान लानी छ ।
अस्पतालमा रोगीको चाप बढी राको छ
सरकारले कानमा तेल हाली राको छ ्।
बन्चरे डाँडाका जनतालाई आग्रह
बालेनसँग नराख कहिल्यै दुराग्रह ।
प्रकृतिको उपहार स्वच्छ हावापानी हो
राजधानी बासीहरू कता जाने हो ?
राजनीति गर्नेहरू कुराजनीति नगर
खानेपानी फेर्ने श्वास भाछ जहर ।
पहिलेको कान्तिपुर अहिले बन्यो फोहरपुर
जनतालाई सुविधा देऊ महिषासुर ।
राजनीति शक्तिहरू एकजुट भएर
कान्तिपुर नगरीलाई बनाऊ सुन्दर ।
मकैको घुन पिसिएझैँ जनतालाई नपिस
फोहोरबाट मुक्ति देऊ नहोस् सकस।
जैविक र अजेैविक फोहोर छुट्याऊ जनता
दाउ हेरी फुत्त फोहोर नफालौँ अब ता
सकेदेखि फोहोरलाई बदलौँ न मोहरमा
लगानी गरौँ सबले कौसी खेतीमा ।