~शोभा सिलवाल / पाण्डेय
दिउँसो मण्डल भाको थियो ,कृष्ण भित्र पस्नु भो
दही खाऊँ कि घिउ खाऊँ भयो बरिलै ।
कृष्णजीले दही खाएको राधिकाले देखिछन्
निद्राको रामलाई बोलाइन् बरिलै ।
अहिले त राधिका मेरै कुरा लाउलिन्
जमुना नुहाउँदा चाल पाउलिन् ।
वर्ष दिनको तिज आइ र पुग्यो
जमुना नुहाउन झरिन् बरिलै ।
लगाएको सारी फुकालेर तिरमा
जमुना नुहाउन पसिन् बरिलै ।
डुबुल्की मारी तिरमा हेर्दा
राखेको सारी छैन बरिलै ।
सोर सय गोपिनीमा राधिका बाठी
कदमको बोटतिर हेरिन् बरिलै।
कदमको बोटमा मुरली ओठमा
कृष्णजीले मुरली बजाइदिनु भो ।
हे कृष्ण जाली लेऊ हाम्रो सारी
के हाम्रो हुर्मत लिन्छौ बरिलै ।
सयपत्री तोड न जुम्ला हात जोड न
तब न पाउली सारी बरिलै ।
सयपत्री तोड्दिनँ जुम्ला हात जोड्दिनँ
आफ्नो सारी त नलाई छाड्दिनँ