~अग्रिम अधिकारी सार्थक
पहिलोपटक सूर्यको किरणले
पृथ्वीको वायुमण्डल भेट्दा
लजायो कि लजाएन होला ?
कलमले स्पर्श गर्ने बेलमा पानामा
अप्ठ्यारो मान्यो कि मानेन पहिलोपटक ?
फूल हुनुअघि ना¨ो भएको छ कोपिला
नग्न हुनुअघि केही सोचेन र कोपिलाले ?
र¨हरुको पर्वमा पु¥याएर समयचक्रले
Ïया“क्यो एक मुठी मिश्रित र¨
मेरो अनुहारमा
नपरुन्जेल आ“खामा त्यो देखेको थिए“
मिश्रणमा भएका प्रत्येक र¨
आ“खा अन्त्यमा बन्द गर्नु नै प¥यो
मन नपरेको त कहा“ हो र ।
बसपार्कमा पर्खिए पो भेटिन्छ त
म भने वान वे मा
त्यो पनि विपरीत दिशापट्टि
सवारी पर्खिएको त थिए“
कुनै नरोकिनुको कारण
कोहि नभेटिनुको कारण
उफ्, को आउला यहा“ यार हुनेगरी
सदाबहार जीन्दगीमा प्यार हुनेगरी ।
कुनै एउटा खोलाको बगरमा यसै
लडिरहेको ढु¨ा थिए“ म
रापिन्थे“ घाममा, भिज्थे“ झरीमा
खिएर यसै यसै तिखो हुन्थे“
तिमीले टन्टलापुर घाममा, ना¨ो पैताला
बगर टेक्ने आ“ट गरेपछि
चिरिने डरले, तिम्रा पैताला
उठ्लान् फोका, रापिएर
गुडेर पसेको हु“ खोलामा
छुटे“ तिम्रो नजरबाट
के थाह त मलाई, म डुबेपनि
तिम्रा पाउले मलाई नै टेक्लान भनि ।
सोचेको थिए“, भेटिनु पनि छुटिनु रहेछ
आज लाग्यो
फूल बनेर फूलिरह“दा म कतै
आइपुग्यौ तिमी, छोयौ
राम्रो मानेको आभाष दिलायौ
तिमी लाग्यौ आङ्खनै बाटो
रत्तिभर पनि वास्ता नगरी मलाई
किन टिपेनौ ?
म लायक भइन“ र ? सजिन केशमा तिम्रो?
नटिप्नु पनि त माया गर्नु हो
त्यो मायाले आज
पत्रपत्रबाट बगाइरहेछ मलाई ।
अर्को पटक हि“ड्यौ भने यहि बाटो
बिर्सिनेछैन लगाउन घाउ तिम्रा पैतालामा
तिमी टिप्नु भुईंबाट र ङ्खया“किदिनु
कुल्चिदिनु पनि, ना¨ो पैतालाले
आङ्खनो र¨ हराएपछि मलाई
तिम्रो रगतको रङ्गले रङ्गिने
एक तुच्छ इच्छा जागेको छ ।