नेपाल राष्ट्र बैंक, समग्र बैकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक हरुको डिजिटल बैकिङ प्रवर्धनले रंग ल्याएको देखिन्छ।
असार २०७८ मा बजारमा चलन चल्तीमा रु ५७१.९६ अरब का नोटहरू थिए भने असार २०७९ मा चलन चल्ती का कुल नोटहरू ११.६% ले घटेर रु ५०५.९० अरब बराबर रहेको छन। नोट ब्यबस्थापन को लागत र अप्ठ्याराहरू धेरै छन।
सानो इकाई का खुद्रा नोटहरू नेपाल राष्ट्र बैंक ले समेत जम्मा गर्न मान्दैन यसैले बैंक तथा बित्तीय संस्थाहरुको कतिपय शाखाहरूमा भल्ट मा होईन भल्ट रुम मै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका छन। खुद्रा नोट व्यबस्थापन साच्चै नै बैकिङको नगद व्यबस्थापना समस्या को रुपमा रहेको छ।
फेरी हामीले ‘नयां नोट’ सटही गर्ने सुरशारमा छौं। दशै तथा तिहारमा नयां नोट सटही गर्ने काम सधैको लागी बन्द गरिनु पर्छ। ‘नोट’ लाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनुपर्छ।
एकातर्फ बैकिङ लाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्को तर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नु हुदैन जस्तो लाग्दछ। बरु यस बर्ष लाई ‘डिजिटल दक्षिणा बर्ष’ को रुपमा मनाउं र दक्षिणा खातामा रकमान्तर गरेर दिउं- पैसा को बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैकिङ लाई खुद्रा नोट ब्यबस्थापन को टाउको दुखाई पनि नहूने।
‘नयां नोट सटही’ गर्ने होईन की डिजिटल कारोबार लाई बढावा दिदै ‘डिजिटल दक्षिणा बर्ष’ मनाउँदा कसो होला?
#डिजिटल_दक्षिणा_बर्ष