पूर्वराजा ज्ञानेन्द्र शाह उद्योगी र व्यवसायी पनि : कहाँ कहाँ छ उनको लगानी ? (सूचीसहित)

काठमाडौं ।  नेपालका शाहवंशीय अन्तिम राजा हुन्, ज्ञानेन्द्र शाह । २००७ र २०५८ सालमा दुईपटक राजाको श्रीपेच लगाएका ज्ञानेन्द्र उनकै शासन कालमा मुलुकबाट राजसंस्था अन्त्य भयो । २००७ सालमा तत्कालीन राजा त्रिभुवन सपरिवार दिल्ली जाँदा उनी मामाघरमा छुटेका थिए । त्यसपछि उनलाई तत्कालीन राणा शासकले राजा घोषणा गर्दै श्रीपेच लगाइदिएका थिए । राजा, राणा र दलहरुबीचको सहमतिअनुसार प्रजातन्त्र घोषणा गरिएयो । यसपछि २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषणा गरियो । र उनले करिब ५ वर्ष शासन गरेसँगै मुलुकबाटै राजसंस्था अन्त्य भयो । ज्ञानेन्द्र शाहवंशका अन्तिम राजा बने । पूर्वराजाको हैसियतमा रहेको ११ वर्ष भइसक्यो । तर, उनको रवाफ भने राजाकै जस्तै छ ।

उनको परिवारिक सदस्यको पनि खर्च असामान्य छ । ज्ञानेन्द्रका छोरा तथा पूर्वयुवराज पारस शाहको खर्चदेखि पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेका हिमानी ट्रष्टले गर्ने समाजसेवामा खर्च असामान्य छ । पूर्वराजपरिवार सदस्यले कसरी आफ्नो खर्चको व्यवस्थापन गरेका छन् र यसको स्रोत के हो भन्नेबारेमा आममानिसको जिज्ञासा रहेको छ ।

स्वदेशदेखि विदेश भ्रमणमा गइरहने तथा समाजसेवामा खर्च गर्ने ज्ञानेन्द्रको परिवारको आम्दानी के हो ? आमनागरिकको चासोको विषय हो । उनको खर्चको मात्रा ठूलो देखिन्छ । कसरी धानेका छन् ? उनी पूर्वराजा मात्रै होइन उद्योगी र व्यवसायी पनि हुन् ।

आफ्नो उद्योग र व्यवसायबाट हुने आम्दानीले पूर्वराजा ज्ञानेन्द्रले खर्च गर्दै आएका छन् । पूर्वराजा ज्ञानेन्द्रले होटेलदेखि हाइड्रो पावरसम्ममा लगानी गरेका छन् । यसबाटै हुने आम्दानी ज्ञानेन्द्र परिवारको खर्चको स्रोत रहेको छ । यस वर्ष राज्यलाई धेरै कर बुझाउने ‘सूर्य नेपाल प्रा.लि.’ पर्‍यो । यो कम्पनीमा पूर्वराजा ज्ञानेन्द्रको स्वामित्व रहेको छ । यस्तै उनको लगानी होटेलमा पनि छ । काठमाडौं र नेपालगञ्जमा रहेको ‘सोल्टी होटेलमा पूर्वराजा ज्ञानेन्द्रको लगानी रहेको छ । यो उनको आम्दानीको अर्काे स्रोत हो ।

यसपछि ज्ञानेन्द्रको अर्को आम्दानीको स्रोत हो, झापाको दमकस्थित ‘हिमालयन टी स्टेट गार्डेन’ । यो चियाबगानमा पनि पूर्वराजा ज्ञानेन्द्रको लगानी रहेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङमा पनि ज्ञानेन्द्रको शेयर रहेको छ । यसमा सिद्धार्थ शमशेर जबराको लगानी छ । ज्ञानेन्द्रले केही मात्रा शेयर राखेर अरु लगानी फिर्ता लिएका हुन् । यसपछि ज्ञानेन्द्रको लगानी रहेको ‘हिमाल हाइड्रो पावर’ पनि हो । – रासस


ताजा खबर