राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीले बिदाइ भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र अमेरिकाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।