बडा दशैँको शुभकामना

~    शोभा सिलवाल/पाण्डेय

हर्ष र उमङ्ग बोकी आयो दशैँ चाड
समस्त नेपालीमा छायो खुसीको बहाड ।
शरद् ऋतुको आगमनले मनै रमाउने
देशविदेशका परदेशी घर फर्की आउने ।
घरघरमा देवी पुजी जमरा राखियो
नवदुर्गा भवानीलाई आह्वान गरियो ।
उत्साह र उमङ्गले सबको जीवन छाओस्
शिक्षा ,स्वास्थ्य, रोजगारीमा सबको पहुच पुगोस् ।
कोही नरहून् भोका नाङ्गा ,कोही नहुन् दुःखी
सबको मुहार हाँसिरहोस् पुगोस् कम्मल पाखी।
व्यापारीलाई नाफा होओस् किसानलाई खेती
विद्यार्थीको ज्ञान बढोस् व्यवसायीको सुध्रोस् मति।
नाफाखोेरी ,घुसखोरी गर्ने जतिलाई
महा दुर्गाले संहार गरून् पापीहरूलाई ।
बच्चादेखि बुढासम्म उत्साह बढोस्
रिस,राग वैमनश्यता सबले डाँडा काटोस् ।
छुँदा सिद्धि प्राप्त होओस् ,कार्य सफल होओस्
नेपालको घरघरमा सुख शान्ति छाओस् ।
दुर्गा माले पूरा गरून् हर नेपालीको चाहना
२०७९ सालको बडा दशैँको हार्दिक शुभकामना ।

ताजा खबर