५ सय ५० समानुपातिक उम्मेदवारको नाम सूचीबाट हट्यो

निर्वाचन आयोगले ५ सय ५० जना समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको छ ।
आयोगले समानुपातिक निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको बन्द सूचीमा परेका उम्मेदवारको योग्यता जाँच गरी उम्मेदवार बन्न अयोग्य व्यक्तिको नाम हटाइएको समानुपातिक निर्वाचन प्रणाली तर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो ।
कानून अनुसार उम्मेदवार बन्न उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका तथा जरिवाना नबुझाएका व्यक्तिहरूको नाम उम्मेदवारको बन्द सूचीबाट हटाइएको सचिव दुवाडीले बताउनुभयो । -रासस

ताजा खबर