साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ गोलले हरायो ।
टाइब्रेकरमा क्रोएसिया विजयी भयो । निर्धारित समयमा सुरुवाती अग्रता जापानले लिएको थियो । जापानका लागि डाईजेन माएदाले गोलको खाता खोले । उहाँले ४३औं मिनेटमा माया योसिदाको पासमा पोस्ट नजिकबाट गोल गरेका हुन् ।
पेनाल्टीमा क्रोएसियाले तीन गोल गर्न सफल भयो । जापानले एउटा मात्र गोल गर्न सक्यो । जापानका तीनवटा पेनाल्टी प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सजिलै बचाए ।
क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ । ब्राजिल र दक्षिण कोरियाको खेल आजै राति १२:४५ बजे हुनेछ । रोयटर्स