सरकारकाे २१ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको २१ बुँदे ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।

सत्ता साझेदार दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल नै बनाएर न्यूनतम साझा कार्यक्रम तयार पारेको थियो ।


ताजा खबर