प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बुझ्न राष्ट्रपति भण्डारी अस्पतालमा

काठमाडौं, मङ्सिर १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको छ ।
राष्ट्रपति भण्डारीले विहीबारसाँझ मनमोहन कार्डियो भास्कुलर सेन्टर पुग्नुभई प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गर्नु भएको प्रेस नोटमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ अबस्थामा भईरहेको सुधारप्रति खुशी र सन्तोष व्यक्त गर्दै शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।


ताजा खबर