मदनकृष्ण र यशोदाको भेट २०२६ सालमा भएको थियो। मदनकृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो। उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन्। एक वर्ष अन्तरका उनीहरूकोधेरै कुरो मिल्थ्यो। महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा।
‘सञ्चय कोषमा दुई हात लामो ब्यालेन्स बुक हुन्थे,’ यशोदा सम्झन्छिन्, ‘हाम्रो काम दिनभरि गन्ती गर्ने र एकले अर्काको काम चेक गर्ने।’छेउमा काम गर्ने मानिस रोचक भइदिए जस्तै कामले पनि दिक्क बनाउँदैन। यी दुईलाई त्यस्तै भयो।
‘फेरि उहाँको बानी कस्तो भने हिसाब गर्दा पनि बीच–बीचमा उट्पट्याङ कुरा निकालेर हँसाइरहने,’ उनले थपिन्, ‘मेरो मात्र के कुरा? अफिसका सबै उहाँ भनेपछि रमाउँथे।’
मदनकृष्ण पनि कम थिएनन्।‘जीवनमा पहिलोपटक कुनै युवती मन परिरहेको थियो,’ उनी भन्छन्, ‘यिनलाई कसरी खुसी पार्ने होला भनेर म पनि अनेक उपाय निकालिरहन्थेँ।’
काम गर्न थालेको केही दिनमै यशोदालाई पत्रिकाहरू पढ्ने इच्छा छ भन्ने भेउ मिल्यो। ‘अब त के चाहियो?’ मदनकृष्ण भन्छन्, ‘म बजारबाट धर्मयुगदेखि फिल्मफेयरसम्म बोकेर लगिदिन्थेँ।’
कुरा यसरी अगाडि बढ्दै गयो, कुनै दिन एक जना आएको छैन भने अर्कोलाई छटपटी हुन्थ्यो। न्याश्रो लाग्थ्यो। एकअर्काको अनुहार सामुन्ने आएपछि बल्ल मनको छ`टपटीले विश्राम पाउँथ्यो।उनीहरू परिस्थिति मिलाएर सँगसँगै बाहिर पनि निस्कन थाले।
‘जे कुरामा पनि हँसाइदिने मान्छे,’ यशोदा भन्छिन्, ‘कस्तो रमाइलो मान्छे रहेछ भन्दाभन्दै के के भयो के के…’कोठामा हाँसो फैलिएकै क्षण मदनकृष्णले झनै घिउ थपे। ‘त्यही त भन्या,’ श्रीमतीतर्फ टाउको घुमाएपछि कपाल कन्याउँदै बोले, ‘हँसीठट्टा गर्दागर्दै फँसीठट्टा भयो बाबा…’
अघिको हाँसो झन् विष्फोटमा परिणत भयो। त्यो हँसीठट्टा र फँसीठट्टाको बीचमा चार वर्षको अन्तर थियो। अर्थात् २०२६ सालदेखि सुरु भएको रोमान्स २०३० सालमा सुटुक्क सूर्यविनायक मन्दिरमा पुगेर बिहेमा परिणत भयो।
हरेक पौष १४ गति बढीनै भावुक बन्छन् मदन कृष्ण
हाँस्य कलाकार मदन`कृष्ण श्रेष्ठको जिव|नमा केही वर्ष अघि सम्म आजको दिन निकै उल्लासमय हुन्थ्यो । तर उनी निरास छन् । पौष १४ गते श्रेष्ठको जिवन`संगीनीको जन्मदिन ।
तर मदनलाई उनको श्रीमतीले संधैका लागि छोडेर यो संसारवाट विदा भइन् । तर पनि मदनले आफ्नो श्रीम`तीको जन्मदिन याद गर्ने गरेका छन् । सामाजिक सञ्जाल फेस`वुकमा निकै भावुक शब्द लेखेर मदनकृष्णले श्रीम`तीको जन्मदिन सम्झिन्छन् ।
उनीले २०७७ सालमा लेखेका थिए, आज पौष १४ गते मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्स`ब मनाई`रहेका हुन्थ्यौँ । संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारी`मा उभिए`र रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।
मेरो त्यो चौतारी`को लहल`हाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ । एक दिन पोखराबाट सुप्रसिध्द गीतकार श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, ‘मदनकृष्ण`जी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है’
गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठ`लाई पढेर सुनाउँदा उन्ले एकदमै मन`पराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो । हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थाली`सकेको छ ।तैपनि पोखरा निबनसी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर मह`संचारको यु्ट्यूबमा राखेकोछु ।
मेरा लागि माया र आशि`र्बादका महा`सागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरी`दिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जा`गोस । यो नयाँ गीतको सुन्दर शब्द हुन । बर ढले पिपल एक्लै, पिपल ढले बर, जो ढले नि चौतारीको छाती चररर…