ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनको बार्षिक साधारण सभा तथा नव- निर्वाचित कार्य समितीको सपथ ग्रहण कार्यक्रम आइतवार एक समारोहवीच सम्पन्न भएको छ ।
ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रमको सभापतित्व नव निर्वाचित अध्यक्ष केशव चौलागाईले गर्नुभएको थियो ।
ॐ अस्पताल सञ्चालक तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. हरिकिशोर श्रेष्ठ, अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत,मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन डा.हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, ॐ हस्पिटलका प्रमुख वित्त अधिकृत (सिएफओ) धुर्व प्रसाद सुवेदी, निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएका यूनिफिन नेपालका अध्यक्ष पृथ्वीरमण थपलिया, प्रशासन ब्यवस्थापक विपिन जङ्गम र मानव संसाधन अधिकृत लव राज अवस्थी अतिथि रहनुभएको थियो ।
कार्यक्रममा अस्पतालका वरिष्ठ कर्मचारीहरु नर्सिङ इन्चार्जहरु अफिसरहरु तथा मानार्थ र साधारण सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
ॐ हस्पिटल कर्मचारी युनियनको निर्वाचन गत माघ २३ गते सम्पन्न भएको थियो ।