~भीमप्रसाद अधिकारी
प्रिय ! आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँच्न पाइन्छ तर एकबारको यो जिन्दगी बारम्बार ढाँटेर तिमी कहाँ पुुग्छौ र म कहाँ पुुग्छुु । त्यो न तिमी जान्दछौ न त म जान्दछुु । तिमी म बाहेक अरुले जानेर पनि काम छैन । जान्नुु तिमी मैंले पर्छ । जान्नुु मैंले पर्छ । जिन्दगीको एउटा आयाम हुुन्छ । आकार हुन्छ । परिवेश हुन्छ । परिस्थिति हुन्छ । तिम्रा लागि पनि त्यही हो । मेरा लागि पनि त्यही हो । तिम्रो जीवन । मेरो जीवन । साझा भएको हुनाले फरक फरक बाटो हिँडेर उचित गन्तव्यसम्म न तिमी न त म नै पुुग्न सक्छुु । तिमी सफल भए म सफल । तिमी असफल भए म असफल । म सफल भए तिमी सफल । यसरी जिन्दगीमा । तिम्रो र मेरो जिन्दगीमा भगवानले सफलता र असफलताको सम्बन्ध जोडिदिएको छ । तिमी एक्लैलाई पनि सफलता लेखिदिएको छैन । म एक्लैलाई पनि सफलता लेखिदिएको छैन । यो सत्य हो । सत्य यही हो । यस बाहेक अर्को सत्य नै छैन । तर तिमी आज एक्लै एक्लै कता हो कता एउटा अनिश्चित यात्रा निस्किएछौ ।
यात्रा , ठीक छ । जीवन अनन्त यात्रा हो । यो जीवन भएसम्म जारी रहन्छ । यात्राको अन्त्य हुँदैन । र, प्रत्येक मानिस यात्रामा छ । यात्रा भन्ने बित्तिकै बाटोघाटोसँग परिचित भएर मात्र यात्रामा निस्किनुु पर्छ । बाटो ठीक छ भने यात्रा सुखमय हुन्छ । बाटो ठीक छैन भने यात्रा कष्टमय हुन्छ । कष्टमय अनुभूूतिबाट सुखमय जीवन खोज्नुु तिमी हाम्रो कर्तव्य हो ।
प्रिय ! सजिलो हुँदैमा बाटो ठीक छ भन्ने हुँदैन । सम्म तेर्सो छ । उकालो ओरालो भिरालो करालो केही छैन भन्दैमा त्यो बाटो भएर हामी लक्ष्यमा पुगिहाल्छौं भन्ने छैन । जीवन कहिल्यै पनि अडकल गरेर चलाइँदैन । जीवनको एउटा आप्mनै माहोल हुन्छ र त्यही मताबमा जीवन चल्छ । यहाँ सबैको जीवन यसकारण चलेको छ कि जीवन जसरी पनि चल्नुुपर्छ । जीवन चलेको छ तर , तिमी नै भन जसरी जीवन चल्नुपर्ने थियो त्यसरी चलेको छ त ?
यहाँ कसैको पनि जीवन ठीकसँग मिलेर चलेको छैन । जीवन जसरी चल्नुुपर्ने हो त्यसरी मिलेर चलेको छैन । जीवनको वास्तविकता यही हो । कसैले नजानेर जीवनको यात्रालाई खराब बनाएका छन् र कसैले लापरवाही गरेर पनि त्यस्तो भएको छ ।
भाग्य भन्ने कुरा पनि केही होइन । जिन्दगी कर्ममा आधारित भएर चल्छ । धर्मभन्दा कर्म ठूलो हुन्छ । धर्म विधि र विधानले धान्न नसकिने भएको छ । धर्ममा आडम्बर र अहंकार जोडिएको छ । यस मानेमा कर्म सरल छ । जिन्दगी कर्म प्रधान हुन्छ । तिमी ईश्वर चाहन्छौ भने ईश्वरलाई असल कर्ममा खोज । खोज गर । अनुसंधान गर । शोध गर । समालोचना गर । जिन्दगी कर्म प्रधान हुन्छ । निष्कर्ष यही हो । यो सत्य हो । साबित गर्न । प्रमाणित गर्न । पुन प्रमाणित गर्न । पुन परिभाषित गर्न । जरुरी छ । तिमी यसैमा शोध गर ।
प्रिय ! दुख नमान ल । यो सत्य हो । सत्य असैह्य पनि हुन सक्छ । अस्वीकार्य पनि हुन सक्छ । हाम्रा दृष्टिकोणहरु फरक फरक छन् । मनोभावना भिन्न छ । बुुझाइ भिन्न छ । सम्झाइ भिन्न छ । आँखा एउटै हो तर दृष्टि फरक छ । सृष्टि एउटै हो तर सन्तुुष्टि फरक छ ।
यही परिवेशमा कोही सन्तुुष्ट छ । यही परिवेशमा कोही असन्तुुष्ट छ । केही छैन तापनि सन्तुुष्ट छ । सबैथोक छ तर पनि असन्तुुष्ट छ । सन्तुुष्ट हुुनुु एउटा अभिव्यक्ति हो । असन्तुुष्ट हुुनुु एउटा अभिव्यक्ति हो । विभिन्न व्यक्तिहरु छन् । विभिन्न अभिव्यक्तिहरु छन् । अभिव्यक्ति स्वतन्त्रता सायद हामी प्राप्त गरेको जीवनको सबभन्दा ठूूलो उपलब्धि यही एउटा मात्रै हो । यसको उपयोग किन नगर्ने ?
प्रिय ! तिमीलाई भन्न मन लागेको कुरा चाहिँ के हो भने र यो मैंले भन्नै पर्छ अनि त्यसकारण हो भन्न खोजेको अनि त्यो कुरा हो तिमी जुुन बाटोमा छौ त्यो बाटो सही गन्तव्यसम्म पुुग्दैन । त्यो बाटो त बाटो नै हो, तर त्यो उल्टो बाटो हो । त्यसबाट विपरीत प्रतिफल प्राप्त हुन्छ । त्यही भएर मात्रै हो भनेको र कसरी भनौं भनेर यति लामो भूूमिका बनाउनु परेको अनि त्यो कुरा जे म तिमीलाई भन्दै छुु किन भन्दै छु भने भन्नै पर्ने भएर हो । यसकारण हो भनेकोे ।
अहिले तिमी जुन बाटोमा छौ त्यो बाटो भएर कोही पनि उचित गन्तव्यसम्म पुुग्न सक्दैन र तिमीले पनि त्यही नियति भोग्नुुपर्छ । यो बाटोले तिमीलाई उचाइमा पुुग्न सहयोग गर्दैन । तिमी जुन बाटोमा छौ त्यो पतनको बाटो हो । लौ ! हेर मान्छेहरु कसरी पतनको बाटोमा आइपुुगेछन् ? तिमी यो बाटोमा आउनुुपर्ने मान्छे नै थिएनौ । यो बाटो एउटा गहिरो खाल्डोमा गएर टुुङ्गिन्छ । गइसकेपछि फर्किएर अहिलेसम्म फर्किएर कोही पनि आएको छैन । अगााडि गहिरो खाल्डो छ । अहिलेसम्म हजारौं लाखौं मान्छे खसिसके होलान् । खाल्डो यति गहिरो र फराकिलो छ कि कहिल्यै पुुरिँदैन ।
तिमीलाई दुनियाँले महान् भन्दा म कति खुसी भएको थिएँ । अब दुनियाँ गद्धार भन्छ । म कसरी सुनौं ? हुन त त्योबेलासम्म म केही सुुन्न नसक्ने गरी बहिरो भइसकेको पनि हुन सक्छुु तर पनि सुुन्ने मान्छे हजार हजार तयार भइसकेका हुन्छन् । दुनियाँले गद्धार भन्दा म कसरी खुसी हुनुु र ?
प्रिय ! सवाल स्वधर्म र विधर्मको हो । विधर्मी संगतले तिमी स्वयम् पनि विधर्मी नै भयौ । विधर्मको बाटो तिम्रा लागि कसरी प्यारो हुन गयो ? स्वधर्मको बाटो त्याग गर्न तिमीलाई कसरी सजिलो भयो ? सवाल यही हो ।
सवाल यो पनि छ कि विवेक र अविवेक कुुन कुराको प्रयोग कसरी गर्ने ? अविवेकीलाइ विवेक मन पर्दैन भन्छन् जान्नेहरु । पतनको बाटोमा अग्रसर भइसकेकालाई विवेक र अविवेकको सवाल हुँदैन भन्छन् अनुुभवी मान्छेहरु । तिमी पतनको बाटोमा छौ ।
तिम्रो गद्धि पतनको प्रतीक हो । तिम्रो सिंहाशन पतनको प्रतीक हो । तिम्रो सत्ता पतनको प्रतीक हो । तिमी सत्तामा छौ । यसकारण तिमी पतनको बाटोमा छौ । तिमी स्वयम् पतनको प्रतिबिम्ब हौ । पतनबाट तिमी बच्न सकेनौ । मलाई अफसोस छ । पतनमार्ग किन प्रिय बनिदियो होला यसरी ?
प्रिय ! आगो आगो हो । पानी पानी हो । आगोसँग खेल्नुु हुन्न भन्छन् । पानीसँग खेल्नुु हुुन्न भन्छन् । तिमी आगो सही । म पानी सही । तर, कुरा यो छ कि जसरी आगाको एउटा आयाम हुन्छ त्यसरी नै पानीको पनि एउटा आयाम हुन्छ । तिमी हामी सँगै खेल्नुुपर्छ । समझदारीसँग खेल्नुुपर्छ । विस्वास प्राण हो । अविस्वास त के हो के हो अहिले अविस्वासको कुरा नगरौं ।
प्रिय ! मूल्य छैन भने अमूल्य पनि हुन्छ र सून्य पनि हुन्छ । कुनै दिन सून्य पनि अमूल्य हुन्छ र कुनै दिन अमूल्य पनि सूून्य हुन्छ ।
तिमीमा अब मूल्यहरु छैनन् । मूल्यको अवमूल्ययन भएको छ । आशाहरु बाँकी छैनन् । भरोसा बाँकी छैन । साथ छैन । सारथीहरु छैनन् । तिमी यस्तो भ्रममा छौ कि लाग्छ तिमीलाई बाघले मृगलाई प्रेम गरेझैं कसैले प्रेम गरिरहेको छ र तिमी त्यही विधर्मी प्रेमको विरोधाभासपूर्ण मानिने प्रेमको भ्रममा छौ । पसलेले दोकान दोकानमा उधारो प्रेमको कैंची हो भनेर पोस्टर बनाएर टाँगेका हुन्छन् । बालक कालमा म त्यसको अर्थ बुझ्दिन थेँ । प्रेम के हो ? थाहा थिएन । उधारो के हो ? थाहा थिएन । कैंचीले काट्छ भन्ने थाहा थियो । किताबमा लगाउने गाता काट्न हामीलाई कैंची चाहिन्थ्यो । उबेला किताबलाई गाता हालेर सुरक्षित गर्ने चलन थियो । किताब विद्यार्थी आफैंले किन्नुु पथ्र्यो । कक्षा तीनसम्म त पाटी र खरीमा नै लेखपढ भयो । कक्षा ४ देखि हो हामीले किताब पाएको । किताब पाउँदा नयाँ वा पुुरानो जे होस् हामी असाध्यै रमाएका हुन्थ्यौँ । उधारो प्रेमको कैंची हो । यो परिभाषा पसलेका लागि ठीक छ । प्रेममा हरेक कुरा जायज हुन्छ भनिन्छ । प्रेम हो भने त उधारो पधारो जे भए पनि जायज नै हुनुुपर्ने हो । प्रेम कैंची कसरी भयो र ? तिमीसँग मेरो प्रेम छ भने म निर्धक्कसँग भन्न सक्छुु । मलाई खोस् । मलाई चोर । साँचो लैजाऊ । श्रीसम्पत्ति सबै लैजाऊ । Take as you can . त्यो जायज छ । प्रेममा कैंची देखाइन्छ भने त्यहाँ प्रेम होइन अवसरको खोजी भइरहेको छ जुन अवसरवाद हो ।
सत्ता प्रधान होइन । सत्ता भ्रम हो । इमान ठूलो हुन्छ । इमान जमान माटोमा मिलाइदिएपछि जीवन कठिन हुन्छ । तिमी सत्तामा छौ । भत्ता लिन्छौ र दिन्छौ । धेरै लिन्छौ । थोरै दिन्छौ । लोभीपापीहरु तिमीसँग छन् । लोभ र पाप यही हो पतन भनेको ।
तिमी हेर्दा हेर्दै पतनको खाल्डोमा खसी सक्यौ । महको लोभमा मोहित भएर रुखको जरामा झुुण्डिँदा तिमी कहिल्यै उक्सिन नसक्ने गरी पतनको मार्गमा पलायन भयौ र अब गयौ । छैनौ यहाँ । सम्झन्न तिमीलाई । याद गर्ने छैन फेरि कहिल्यै तिमीलाई । तिमी थियौ भनेर सम्झनुु एउटा पीडा हो । पीडा आरोहण गरेर यहाँसम्म आएका हामी । यिनै पीडाहरु हाम्रो जीवनमा टाँसिएर आए । हामीले पीडाको खेती गर्यौं । हामीले पीडाको उद्योग गर्यो र त अहिले हामीसँग यिनै पीडाहरु मात्र छन् ।
प्रिय ! आज धेरै पीडाको अनुुभूति भइरहेको छ । कारण यो छ कि तिमीले पीडाहरु थपिदियौ र आफूचाहिँ पतनको गहिरो खाल्डोमा खसी दियौ । हामी तिमीलाई देख्न सक्दैनौं । हामी तिमीलाई भेट्न सक्दैनौं । केबल तिमीसँग एउटै चिज छ त्यो पतन । अब त पतन पनि प्यारो लाग्न थालिसक्यो होला , हैन र ? बाँकी भेटमा । आजलाई यत्ति । उही तिमीलाई माया मार्ने मान्छे ।
समाप्त ।