नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्ध एयरले प्रदेश १ बाट प्रादेशिक हवाई उडान गर्ने भएको छ । विराटनगर र भद्रपुरबाट काठमाडौं तथा पोखराका लागि सिधैं उडान भर्ने तयारी गरेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । यो उडान आगामी डिसेम्बर ९ देखि सुरु हुने बस्नेतको भनाइ छ ।
विराटनगरमा सेवाका विषयमा जानकारी दिँदै बुद्ध एयरले प्रदेश सरकारको आग्रहमा भ्रमण वर्षलाई लक्षित गर्दै सो सेवा संचालनमा ल्याउन लागेको जनाएको छ ।
उक्त सेवा सुरु भएपछि प्रदेश १ हुँदै अन्य प्रदेशमा र अन्य प्रदेशबाट प्रदेश १ मा आउन आन्तरिक र बाह्य पर्यटनकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको दाबी छ ।
रासस