~ भीमप्रसाद अधिकारी
१. सारांशः राजाको छत्र छायाँमा हुुर्किएको नेपाल विश्वको एक मात्र हिन्दूू राष्ट्र थियो । सुन्दर हिमालको काखमा अवस्थित नेपाल शान्त थियो । राजतन्त्रात्मक शासन व्यवस्थामा विकासको गतिमा तीव्रताका साथ अघि बढ्दै थियो । प्रजातन्त्रको हावा चल्यो । देश हल्लियो । संवैधानिक राजतन्त्र रहेको प्रजातन्त्रको ढोका खोलियो । राजालाई धोका दिँदै माओवादको नाममा गृहयुद्ध मच्चाइयो । दरबारमाथि हमला बोलियो । राजा वीरेन्द्रको वंश विनाश गरियो । दरबार स्वतह कमजोर भयो । विदेशीहरुको इच्छा अनुसार शान्तिका नाममा जबरजस्तीसँग राजा हटाइयो । जुनबेला विश्वमा कैयौं राष्ट्रहरु स्वतन्त्रताको लडाइँ लड्दै थिए । त्योबेला हामी स्वतन्त्र थियौं । हामी सधैं स्वतन्त्र थियौं । हामीसँग स्वाभीमान थियो । आफ्नो पहिचान थियो । आफ्नो जातीको गौरव थियो । यहाँ नियतवश एउटा राजा हटाइयो र राजैराजा भएको देश बनाइयो । आजको मेरो नेपालमा धेरै राजाहरु छन् । अहिले जो पनि राजा हुँ भन्छ । ओहो कति राजा यहाँ ? सबैजना राजा । राजैराजाको देश । यति धेरै राजा कि कुन राजालाई मान्नुु ? यसरी देशलाई बेहाल बनाइयो । जनतालाई मुर्ख बनाइयो र धुर्त नेतलाई सर्वेसर्वा बनाइयो । महनताको पगरी गुुथेर बसेका यी नेता वास्तवमा पशुुपतिको मेला भर्न आउने भारतीय साधु जस्तै लाग्छन् जो दक्षिणा थोरै भयो भनेर झगडा गर्छन् । यी नेताहरु पुर्खाले लडेर ल्याएको देशमा मिलेर बसे पनि चित्त बुझाउन सकिन्थ्यो तर आपसमा भिडेर देशलाई नै तहस नहस बनाउने अवस्था आयो । तसर्थ अब फेरि जनताले इतिहासको गौरव फर्काउन उठ्नुपर्ने भयो । अब चचुप लागेर बस्न सकिन्न । अब हामीलाई राजा चाहिन्छ भनेर बोल्ने दिन आयो । राज संस्था कायम गर्न सबैजना बोलौं । सबैजना उठौं । आआफ्ना हातमा । आआफ्ना साथमा । जेजे छ । त्यही लिएर उठौं । हातमा फूलका थुङ्गा लिएर उठौं । हातमा शालीग्राम शीला पत्थर ढुङ्गा लिएर उठौं । हातमा खैंजडी झ्याली मादल मुर्चुङ्गा लिएर उठौं । अबेला भयो । साथमा जे छ त्यही हातमा लिएर उठौं ।
२. इतिहासमा नेपालः वि.सं. १६१६ भदौ २५ मा गोरखाका राजा भएका द्रव्य शाहबाट यो राष्ट्र निमार्णको अभियान सुरु भएको थियो । वि.स.१८२५ मा पृथ्वी नारायण शाहले राष्ट्र निमार्णको अभियानलाई एउटा निश्चित आकार प्रदान गरे । राजा र प्रजाले एक आपसमा मिलेर निमार्ण गरेको देश हो नेपाल । हिजो राजा र प्रजा युद्धमा सँगसँगै लडेका थिए राष्ट्र निमार्णको चरणमा । हाम्रा वीर पुर्खाले बगाएको रगत र पसिनाबाट नेपाल जन्मिएको हो र हामी तिनै वीर पुर्खाका सन्तती गोर्खा जाती हौं । आज पनि गोर्खा जातीको नामबाट विश्व हल्लिन्छ । वीरता र इमानमा गोर्खा जाती विश्व प्रशिद्ध छ । हामी पहिला गोर्खाली अनि त्यसपछि नेपाली हौं । आज हामीहरुबाट राजालाई अलग गरिएको छ । आज राजा र जनतालाई अलग अलग गरिएको छ । जनतालाई यो जाबो गणतन्त्रले के के न दिन्छ भनेर भुल्याइएको छ । सबैलाई याद होस् कि हामी त्यो जाती हौं जसको आफ्नै गौरवमय इतिहास छ । विश्वमा हाम्रो फरक पहिचान छ । फरक मूल्य मान्यता रीतिरिवाज धर्म परम्परा संस्कृति हामी गोर्खा जातीको पहिचान हो । विश्वभर छरिएर रहेका सम्पूर्ण गोर्खा जातीको आस्था र विश्वासको केन्द्र हो नेपाल । विश्वमा गोर्खा जातीको एउटा राजा हुनुपर्छ भन्ने सबैको मनमनमा छ । स्वार्थवश राजाको स्थान हटाइएको मात्र हो अहिले । राजा हुनका लागि मात्रै राजा हटाइएको हो । राजा सबैको चाहना हो । गोर्खा जातीको आस्था र विस्वास यही हो । जाती जातीमा लडाईँ हुन्छ । एउटा जातीले अर्को जातीलाई निमिट्यान्न पार्न चाहन्छ । गोर्खा जातीमाथि यतिबेला चौतर्फी रुपमा हमला बोलिएको अवस्था छ । हाम्रा मूल्य र मान्ताहरु भत्काउनका लागि , हाम्रो धर्म संस्कृति पहिचान निमिट्यान्न पार्नका लागि अनेक अनेक षड्यन्त्रहरु भइरहेका छन् । राज परिवारको वंश विनाशको षड्यन्त्र रच्नु अनि राज परिवार कै सदस्यलाई त्यसको जिम्मेवार पात्रको रुपपमा चित्रण गर्नु एउटा गम्भिर षड्यन्त्र थियो । यो हामीले बुझेनौं । जसका कारणले राज संस्थाप्रति जनताको सद्भावमा कमी हुन गयो । तरपनि त्यसरी नेपाली जनमत राजाको विपक्षमा कहिल्यै थिएन र हुँदैन पनि । यो तथ्य तिनले नबुझेका थिएनन् । त्यही भएर राजा राख्ने कि नराख्ने भनेर जनतामा जाने हिम्मत गरेनन् । नेताहरुले बलजफ्ती संविधान सभाको बहुमतको नाममा राजा हटाइएको घोषणा गरे । नेपाललाई गणतन्त्र बनाइएको र नेपाली जनताको भाग्य अनि भविस्य सुनिश्चित भएको भ्रामक घोषणा गरे । हाम्रा जनता राजको विपक्षमा भएर नेपालमा गणतन्त्र आएको होइन । यो गणतन्त्र देशका आवश्यक थिएन । गणतन्त्र जनताको माग थिएन ।
३. इतिहास मेट्ने षड्यन्त्रः नेपाल राजा र प्रजा मिलेर शत्रुुबाट बचाइएको भूमि हो । युद्धमा वैरीसँग कडा टक्कर गरेर यो राष्ट्रलाई बचाइएको हो । यो हाम्रो ज्यूँदो इतिहास हो । आफ्नो जातीको तिहासलाई बिर्सिएर कुनै पनि निर्णय गर्नुहुन्न । छिमेक भरपर्दो छैन । छिमेकले हामीलाई एकआपसमा लडाएर कमजोर बनाउन चाहन्छ । हाम्रो धर्म संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको छ । हाम्रा सीमा रेखाहरु वीर पुर्खाका रगतले रङ्गिएका छन् । प्रत्येक नेपालीको मन वीरताको भावनाले भरिएको हुन्छ । नेपाल थिएन भने हामी नेपाली हुन पाउने नै थिएनौं । नेपाल छ र हामी नेपाली भएर बाँच्न पाएका छौं । यस देशका राजा स्वयम् संघर्षबाट स्थापित भएका हुन् । हिजो राजसंस्था थिएन भने आज यो नेपाल रहने थिएन । यो देश राजाहरुले निमार्ण गरेको देश हो । राजाहरुले जोगाएको देश हो । छिमेकी दुई विशाल राष्ट्रका बिचमा अवस्थित नेपालको स्वतन्त्र अस्तित्व बचाएर सुरक्षितसँग यहाँसम्म ल्याइपुर्याउनमा राजाहरुको ठूलो यागदान रहेको छ । हिजोका राजाहरु छातीमा ढालतरबारसहित आफैं युद्धभूमिमा होमिन्थे । मारिन्थे , मर्थे तर युद्धमोर्चा स्वयम् सम्हाल्थे । जनतालाई लडाएर । जनतालाई मराएर । व्यक्तिगत सुख भोग गर्ने चेष्टा कुनै पनि राजाको हुन्नथ्यो । हामीले यो राष्ट्रको ऐतिहासिक पहिचान बोकेको राजालाई अनेक लाञ्छना लगाएर गद्धिबाट निकाला गर्यौं त्यो पनि मायोवादीलाई सत्तामा ल्याउनका लागि । माओवाद हाम्रो आस्था पनि होइन । माओवाद हाम्रोे निष्ठा पनि होइन तर हामीले सत्तासँग हरेक कुरा साट्ने क्रममा आप्mनो मौलिक सिद्धान्त पनि मास्न पछि परेनौं । राजसंस्थाप्रति नेपाली जनताको गहिरो आस्था र विवास रहेको छ । राजालाई जनताले हटाएको होइन । राजा स्वयम्ले जनताका लागि गद्धि त्याग गरेका हुन् । राजासँग सेना थियो , शक्ति थियो । गद्धि छोड्नु हुन्न भन्ने दबाब पनि थियो । ती सबै परिस्थितिका बाबजुद पनि राजाले गद्धि त्याग गरे र जहाँ बस्न ठाउँ दिइयो त्यहीँ गएर बसिदिए । यसकारण राजा रामचन्द्र भगवान जस्तै आदर्श पुरुष हुन् । मर्यादा पुरुष हुन् । राजा अहिले पनि स्वच्छ छन् । उत्तिकै सम्मानित छन् ।
४.नेपालका शाह बंशिय राजाहरुः नेपालका शाहवंशीय राजाहरुको पुख्र्यौली थलो राजस्थानको चित्तौडगढ हो । चित्तौडगढका संस्थापक चन्द्रवंशी भट्टारक ऋषिराज राणाजी हुन् । भट्टारक ऋषिराज राणाजीपछि यसै वंशका तेत्तीसौं राजा भूपति राणाजी रावका उदयबम, फत्तेसिंह र मनमथ गरी ३ छोराहरु र सदल नामकी छोरी निकै सुन्दरी हुनाले मुसलमान शासकले विवाह गर्न खोजे तर राजा भूपति राणा रावले छोरी नदिएपछि चित्तौडगढमाथि आक्रमण गरी ध्वस्त पारियो । राजा भूपति राणा राव छोरा फत्तेसिंह लगायत धेरै भारदारहरु युद्धमा मारिए । सदलले आत्महत्या गरिन् । बचेका मानिसहरुमध्ये मनमथ उज्जैन गए । मनमथका कान्छा छोरा भूपाल राणाजी राव दाजुसँग झगडा भएपछि उज्जैनबाट उत्तरतर्फ लाग्दै नेपालको रिडी आइपुगे ।
५. एकीकरण अघिका गोर्खाका विभिन शाहवंशीय राजाहरूको शासन अवधिः
५.१ द्रव्य शाह वि.सं. १६१६–१६२७ वि।सं। १६१६ भदौ २५ मा गोरखाका राजा भएका
५.२ पुरन्दर (पूर्ण शाह) वि.सं. १६२७–१६६२
५.३ छत्र शाह वि.सं. १६६२–१६६३ ७ महिनामात्र राज्य गरी असामयिक रुपमा ज्यान गुमाएका ।
५.४ राम शाह वि.सं. १६६३–१६९३ यिनी छत्र शाहका भाई हुन् । छत्रशाह निसन्तान भएकोले राम शाह राजा हुन पाएका हुन् ।
५.५ डम्बर शाह वि.सं. १६९३–१७०१
५.६ कृष्ण शाह वि।सं। १७०१–१७०७
५.७ रूद्र शाह वि.सं. १७०७–१७२८
५.८ पृथ्वीपति शाह वि.सं. १७२८–१७७३
५.९ नरभूपाल शाह वि.सं. १७७३–१७९९
पृथ्वीपति शाहका छोरा वीरभद्र शाहको युवराज अवस्थामै निधन भएको र उनका भाईहरु पनि प्रभावशाली नदेखिएकाले पृथ्वीपति शाहपछि उनका नाति नरभूपाल शाह राजा बनेका हुन् । गोरखा राज्यको स्थापना द्रव्य शाहले वि।सं। १६१६ भाद्र २५ मा गरे । द्रव्य शाहले गोर्खा राज्य स्थापना गरेझैं यशोब्रम्ह शाहले लमजुङ राज्य स्थापना गरे ।
६. एकीकरण पछिका शाहवंशीय राजाहरुः केही इतिहासकारहरूको भनाइअनुसार दिल्लीका तत्कालीन सुल्तान अलाउदीन खिलजीले सन् १३०३ को हाराहारीमा राजस्थानको चितौड़ गढ़को किल्लामाथि हमला गरे । किल्लालाई धवस्त पारे । त्यसबेला मुसलमान शासकहरूको आक्रमण तथा अत्याचार बढ्दै गएको थियो । चितौड़ गढ़को राजपूत चन्द्रवंशीय राजवंशले आफू र आफ्नो परिवार तथा कुटुम्बको मान मर्यादा र ईज्जत मुसलमान सुल्तानहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँको खोजीमा थिए ।
क. सन् १४९५ मा चितौड़ गढ़का चन्द्रवंशीय राजपूत राजवंश आफ्नो सुरक्षा सैनिकका साथ कुटुम्ब परिवार लिएर पश्चिम नेपालको मगरात राज्यको रिधी ९रिडी० भन्ने ठाउँमा आश्रय लिन आई पुगेका थिए । त्यसभन्दा अझ सुरक्षित ठाउँको खोजीमा केही समयपछि मगरात राज्यको भीरकोट खिल्लु भन्ने ठाउँमा स्थायी शरण र आश्रय लिन पुगेका थिए । केही समय पछि भीरकोट खिल्लुको नजिक ढोरमा आफ्नो सानो राज्य स्थापित गरेर राज्य गर्न थाले ।
ख. यसै क्षेत्रमा दक्षिणतर्फ थेपे नदीको छेउमा घले थरका मगरहरूको लिगलिग भन्ने प्रसिद्ध राज्य थियो । त्यस राज्यमा आफ्नो राजा वा मुखिया छान्ने र छनोट गर्ने प्रजातान्त्रिक पद्दति थियो । प्रत्येक दशैंको अवसरमा राज्यका सम्पूर्ण नागरिकहरू लिगलिगको तल्लो कोटमा भेला हुन्थे । तल्लो कोटबाट माथिल्लो कोटमा दौडेर पुग्न ईच्छुक युवाहरूको दौड़ प्रतियोगिता हुन्थ्यो । दौड़ प्रतियोगितामा जुन नागरिक वा युवा माथिल्लो कोटमा पहिलो पुग्न सफल हुन्थ्यो उही नै त्यस वर्ष भरिको राजा वा मुखियाको पगड़ी वा फेटा पहिरनको हकदार हुन्थ्यो । वर्षभरि लिगलिग राज्यको कार्यभार सम्हाल्ने जिम्मा उसैको हुन्थ्यो ।
ग. त्यसबेला मगरहरूको वा मगरातको यो प्रजातान्त्रिक अभ्यास ९म्झयअचबतष्अ एचबअतष्अभ० अत्यन्त चर्चित थियो । मगरहरूले सघात्मक शासन ९ँभमभचब िक्तबतभ० को अवधारणा पनि विकसित गरेका थिए । सो अनुसार मगरहरूको साना–साना राज्य तथा थुमहरूलाई आ–आपस्तको समझदारी तथा सम्झौतामा आधारित एकीकरण गरेका थिए । सो एकीकरण अभियानमा १२ मगरात तथा १८ मगरात राज्यको उदय र स्थापना भएको पाइन्छ । यो मगर राजाहरूको साझा सम्झौता र सद्भावनाको विकसित अवधारणा (Democratic Practice) थियो ।
घ. त्यस धारणाको विपरीत शाहवंशीय राजाहरूले युद्धको माध्यमबाट एकीकरणको अभियान संचालन गरेको पाइन्छ । मगर र गुरुङ्ग युवाहरू दशैंको अवसरमा बिना शस्त्र अर्थात हात हतियार नभिरेर परम्परा अनुसार लिगलिग राज्यको राजा वा मुखियाको छनोट गर्न दौड़ प्रतियोगिता भाग लिई राखेका थिए । त्यसै समयमा शाहंवशीय राजा द्रव्य शाहले लिगलिगराज्यमाथि एक्कासी हमला गरे । लिगलिग राज्यका निशस्त्र मगर र गुरुङ्ग युवाहरू राजा द्रव्य शाहकोफौजबाट पराजित हुन गए ।
ङ. लिगलिग राज्य जितेपछि मगरहरूको गोरखा राज्यमाथि आक्रमण गर्न राजा द्रव्य शाहलाई सजिलो भयो । तैपनि पहिलो पटकको हमलामा राजा द्रव्य शाहलाई गोर्खाका मगर थरका राजा मानसिंह खड़काबाट नराम्रोसँग अपमानित तथा पराजित हुनु पर्यो । केही समय पछि शाहवंशीय राजा द्रव्य शाहले रातिको समयमा गोर्खा राज्यमाथि फेरि हमला गरे । त्यसबेला गोर्खा राज्यका कुनै असंतुष्ट नागरिकले राजा द्रव्य शाहलाई गुप्त सूचना र सहयोग गरेको थियो । निद्रीत अवस्थामा रहेका मगर थरका राजा मानसिह खड्का राजा द्रव्य शाहको तरवारबाट घाइते भए । तत्काल मृत्यु भयो भनेर भनिन्छ । त्यसै राति द्रव्य शाहले आफूलाई गोर्खा राज्यको विधिवत राजा घोषणा गरे । सन् १५५९ देखि गोर्खा राज्यमा मगर राजाको अवसान भयो तथा शाह वंशीय राजाको उदय भयो । भनिन्छ राजा द्रव्य शाहले मगर थरको राजा मानसिंह खड्काको रगतमा चामल मुछेर टिका थापेर दशैंको चाड शुरु गरेका थिए । तर केहीको भनाइ छ दशैं र राजा द्रव्य शाहको हमलाको तिथि मिति मेल खाँदैन । (सत्य तथ्यको खोजी गर्न सकिन्छ । ) वि.सं. १६१६ भाद्र २५ गते तदअनुसार २४ अगष्ट १५५९ ई। मा राजगद्दी ग्रहण गरेको ।
एकीकरणको अभियानः
क. राजा द्रव्य शाहले स्थापित गरेको शाहंवंशीय गोर्खा राज्यको उत्तराधिकारी पृथ्वीनारायण शाह २० वर्षको उमेरमा सन् १७४३ ई.अप्रिल ३ तारिकमा ९चैत्र २५ गते गोर्खा राज्यको राज गद्दीमा आरोहण गरे । गोर्खा राज्यको एकीकरणको अभियानको पहिलो चरण बडामहाराजा पृथ्वीनारायण शाहले शुरु गरेका थिए । केही लेखकहरूले यो गोर्खा राज्यको साम्राज्यवादी आन्तरिक औपनिवेशिक अभियान थियो भनेर भन्दछन् ।
ख. केही विद्वानहरूको तर्क हो, पृथ्वीनारायण शाह गोर्खा राज्यको एकीकरण गरेर विशाल नेपाल अधिराज्यको स्थापना गर्नमा सफल भए । यो भौगोलिक एकीकरण थियो । तर जनजाति, आदिवासी तथा भूमि पुत्रहरूको लोक सस्कृति, सामाजिक परम्परा तथा ऐतिहासिक विशेषतालाई एकीकरण गर्न सकेनन् । अर्थात उनीहरूको साँस्कृतिक, भाषिक, सामाजिक एंव ऐतिहासिक विशिष्टता माथि निरन्तर प्रहार भयो । हुनत राजापृथ्वी नारायण शाहले “चार जातको फूलबारी” र “म मगरातको राजा” तथा “मगरलाई विचारीको पद” दिनु भनेर भूमिपुत्रहरूलाई फुरुङ्ग पार्ने प्रयास गरे । जे होस्, आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह नै हुन भनेर ईतिहासको पानामा अंकित छ ।
ग. दोस्रो चरणको नेपाल एकीकरणको अभियानको संचालन राजा प्रताप शाह, राजेन्द्र लक्ष्मी तथा बहादुर शाहको पालामा भएको हो । यसै अभियानलाई अघि बढ़ाउन तेश्रो चरणमा राजा रण बहादुर शाहको पालामा प्रधानमन्त्री भीमसेन थापाद्वारा पहल गरिएको भनाइ छ । वास्तवमा बाइसी, चौबीसी तथा मगरात राज्यहरूमा गोर्खा राज्यले आफ्नो आधिपत्य कायम गरिसकेका थियो । त्यसपछि गोर्खा राज्यको पश्चिम सरहदको विस्तार गर्ने आदेश नायक बहादुर शाहले दिएको भनिन्छ । त्यसै बेलादेखि महाकाली नदी पार गरेर गोर्खा राज्यको पश्चिम सरहदको विस्तारको ऐतिहासिक कथा शुरु हुन्छ ।
गोर्खा राज्यको पश्चिम सरहदको बिस्तार ९सन १७९००ः
सन १७९० को प्रारम्भमा गोर्खा राज्यको सरहद महाकाली नदीसम्म कायम भइसकेको थियो । गोर्खाली सेनाका सेनानायक बड़ाकाजी अमरसिंह थापाको गोर्खा राज्यको सरहद बिस्तार गर्ने आन्तरिक ईच्छा एंव चाहना अझसम्म मेटिएको थिएन । कश्मीर राज्यसम्म गोर्खा राज्यको सरहद पुर्याउने उनको अठोट थियो । त्यसका लागि गोर्खा फौजको साथ विशाल महाकाली नदी पार गर्ने तरखर तथा तयारीमा लागेका थिए ।
गोर्खा फौजलाई आवश्यक पर्ने गोलीगठ्ठा, रसदपानी, खाद्यान्न, औषधी, लुगाफाटा तथा आवश्यक सामग्रीसाथ विकराल महाकाली नदी तरेर अन्जान तथा बिरानो राज्यमा पुग्न त्यसबेला चानचुन काम थिएन । काठमान्डौबाट झन्डै ३२० माईलभन्दा पनि टाढा कुमाऊँ राज्य छ । अति दुर्गम भौगोलिक अवस्था, कठिन बाटो घाटो, डर लाग्दो वनजंगल, हिंसक पशु, बन्यजन्तु, सञ्चारको असुबिधा तथा अग्ला अग्ला पहाड डाँडा नाघेर सैनिकहरूका साथ त्यहाँ पुग्न पर्ने थियो । साथै सैनिकहरूको मनोबल, विश्वास तथा जोशलाई पनि कायम राख्न, बढाउन तथा प्रेरित गर्नु सेना नायकहरूलाई कठिन कार्य थियो । यस्तो अवस्थामा पनि जनरल अमरसिंह थापाले दृढ़ तथा कठोर संकल्प तथा निर्णय लिएका थिए । ठूलो आँट गरेका थिए । मातृभूमिको विस्तार गर्न प्रण र अठोट गरेका थिए । परिस्थिति पनि जनरल अमरसिंह थापाको पक्षमा आफै विकसित र तयार हुँदै थियो ।
कुमाउँ गढ़वाल राज्यमा आन्तरिक कलह (सन् १६८९)
त्यसै बेला कुमाऊँ तथा गढ़वाल राज्यका राजवंशमा राजगद्दीका लागि आन्तरिक कलह, संघर्ष तथा वैमनस्यता चल्दै थियो । कुमाऊँमा पूर्व राजा हर्षदेव जोशीलाई चन्द राजाहरूले राजगद्दीबाट अपदस्त गरेका थिए । ९सन १७८९० त्यसका लागि पूर्वराजा हर्षदेव जोशीले नेपालमा राजा बहादुर शाहलाई कुमाउँ राज्यमा शान्ति सुव्यवस्था स्थापित गर्न तथा जनतालाई दुःख विपतीबाट जोगाउन अनुरोध गरेका थिए । महाकाली नदी वारी सैनिक शिविर खडा गरेर बसेका गोर्खा सेनानायक जगजीत पाण्डेलाई पनि आफै भेटेर पूर्वराजा हर्षदेव जोशीले कुमाऊँ राज्यमाथि आक्रमण तथा प्रशासन कायम गर्न निमन्त्रणा गरे ।
सन १७९० को अन्तमा वडाकाजी अमरसिंह थापा सेना नायक जगजीत पाण्डे तथा सूरवीर थापाको नेतृत्वमा विशाल एवम् विकराल महाकाली नदी तरेर गोर्खाली फौज कुमाऊँ राज्यमा पुग्यो । साथै आफ्नो आधिपत्य कायम गर्न सफल भयो । पूर्व राजा हर्षदेव जोशीको सहयोग र सहायतामा सन् १७९५ र सन १७९६ को हाराहारी गढवाल राज्य पनि गोर्खा राज्यको अभिन्न अंग बन्न पुग्यो । यसरी गोर्खा राज्यको पश्चिम सरहद विस्तारित हुँदै उत्तराखण्ड राज्यको अलखनन्दा नदीसम्म पुग्न गएको थियो ।
यमुना नदीदेखि सतलज नदीसम्म साना साना बाह्र ठकुरी राज्यहरू थिए । जस्तो बघाट, किथुनल, कुयर, भज्जी, कुनिअल, महलोग, कोरी, किचारी र थियोग आदि । यो बाह्र ठकुराई “राज्यका राजाहरूले जनरल अमरसिंह थापाको ९सन १८०४ ई।०मा आधिपत्य आफै स्वीकार गरिसकेका थिए । हिमाञ्चल प्रदेशमा सिरमोर राज्यका राजाहरू आ–आपसमा शत्रुताको व्यवहार गर्दै थिए । राजा रत्न सिंह, करण प्रसाद सिंह तथा रामशरण सिंहहरू दाजुभाइहरू भएता पनि आ–आपसमा कलह, बैमनस्यता, झगड़ा तथा कचिगंल गर्दै थिए । तिनीहरूको वैमनस्यता तथा कलहको निराकरण गर्न गराउन सिरमौर राज्यका पूर्व राजा रामशरण सिंहको निम्तामा जनरल अमरसिंह थापा त्यहाँ पुग्नु पर्यो । त्यसपछि हिमाञ्चल प्रदेशको सिरमौर राज्य पनि स्वेच्छाले गोर्खा राज्यमा सन् १८०४ मा सामेल हुन गयो ।
कुमाऊँ गढ़वाल, सिरमौर चम्बा तथा हिमाञ्चल प्रदेशका अन्य साना–साना राज्यहरू गोर्खा राज्यमा विलय भएपछि एक वर्ष भित्रमा गोर्खा सेना प्रसिद्ध किल्ला कागडाको छेउमा पुगेका थिए । कागड़ा राज्यका राजा संसार चन्द तथा पञ्जाव राज्यका महाराजा रणजीत सिंह दुवै शक्तिशाली राजाहरूको संयुक्त गठबन्धनको विरुद्ध जनरल अमरसिंह थापालाई एक्लै भिड्नु र युद्ध गर्नु पर्यो । समयमा थप सहायता प्राप्त भएन । चार वर्षको घेरबन्दीमा गोर्खा फौजको रसदपानी, गोली गठ्ठा र सैनिकहरू धेरै घट्दै गएको थियो र दुवै पक्षको विजय पराजय भएन । तर शान्ति सम्झौता भयो । किल्ला काँगडाको घेराबन्दी समाप्त भयो । गोर्खा फौजले किल्ला काँगडा छाड्नु पर्यो । युद्ध समाप्त भयो । किल्ला कागड़ाबाट गोर्खा सेना फिर्ता भएपछि गोर्खा राज्यको विस्तारको नयाँ कथा प्रारम्भ हुन्छ । एउटा नौलो कथाको सुरुवात हुन्छ ।
पृथ्वी नारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्म २४० वर्ष राजाहरुले शासन गरे । ७० देखि ८० वर्षसम्म राष्ट्र निर्माण र प्रतिरक्षामा नै समय गयो । १०४ वर्षसम्म राणाजीहरुले राजालाई दरबारमा सीमित गरेर थन्क्याएर राखे । राजाहरुले जम्माजम्मी ३० वर्ष प्रत्यक्ष शासन गरे जुन विकास निमार्णको अवधि थियो । यस बिचमा राजा महेन्द्रले नेपाललाई विश्वमा परिचित गराए । अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति गराएर नेपालको हैसियत स्थापित गर्ने राजा महेन्द्र नै हुन् । पुूर्वपश्चिम राजमार्गको निर्माण , कलकारखाना र उद्योग धन्दाको स्थापना गरी जनताको जीवन स्तर यशियाली मापदण्डमा पुर्याउने उद्धेश्य राजाहरुको थियो । तर, अब राजाको हातमा सत्ता छैन । राजा छन् तर राज्य छैन । दलहरुको दलदलमा देश फसेको छ । देशले दलदलबाट निकाश पाउनै पर्छ । निकाश दिने शक्ति राजासँग मात्रै छ ।
निष्कर्षः राजा देशको आवश्यकता हो । राष्ट्र , राष्ट्रियता , धर्म , संस्कृति र सभ्यताको रक्षा गर्नका लागि राजा आउनै पर्छ । राजा आउने छन् । त्यो दिन आउने छ जुन दिन नेपालमा फेरि राजा हुने छन् र हाम्रो धर्म र संस्कृतिको पुनर्जागरण हुने छ ।
समाप्त