हिंसा विरुद्ध राणनीतिक अभियान आवश्यक

विश्वव्यापि रुपमा मनाईने हिंसा विरुद्धको १६ दिने अभियान यो वर्ष पनि सुरु भईसकेको छ । विशेष गरि महिला हिंसा सँग सम्बन्धीत रहेर त्यस प्रकारका हिंसाहरु न्यूनिकरण गर्न विशेष अभियानका रुपमा यो १६ दिने अवधिलाई लिने गरिन्छ । यो अभियान जनचेतना फैलाउने र हिंसामा परेकाहरुले आफ्नो समस्याको गाँठो फुकाउने बातावरण बनाउने दृष्टिकाणले फलदायि सावित हुने गरेको छ । अभियान सञ्चालन भएकै बखत हिंंसामा परेकाहरुले आफ्नो समस्या सार्वजनिक गर्ने गरेको पनि पाईन्छ भने यो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रम, अन्र्तक्रिया गोष्ठि सभा सम्मेलनहरुमा पनि हिंसाका फेरीएका नयाँ–नयाँ स्वरुप र त्यसको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल हुने गरेको छ जुन अत्यन्तै फलदायि सावित हुने गरेको छ । यद्यपि यसरी हुने कार्यक्रमहरु राणनितिक भन्दा पनि घटना केन्द्रित हुने र घटना विशेषमा बढि छलफल बहस हुने गरेको पाईन्छ । अबको हाम्रो आवश्यकता र जोड भनेको हिंसाको परिवर्तीत स्वरुप र त्यसलाई न्यूनिकरण गर्न ठोस कदमको विषयमा केन्द्रित हुनु पर्दछ ।

कुनै एउटा घटानालाई उदाहरणका रुपमा लिएर त्यो घटनाको पीडित पक्षलाई उद्धार गर्ने, राहात दिने र पुर्नःस्थापना गर्ने आज सम्म हामीले हिंसाको क्षेत्रमा गरेका काम हुन् । राज्य स्तरबाट हिंसा विरुद्ध कानुन बनेका छन् । ठोस योजना भनेको यहि नै हो । तर हामीले हाम्रो समाजमा हिंसामा परेकाहरुलाई राहात उपलब्ध गराईरहदा, कानुनि उपचार उपलब्ध गराई रहदा अथवा पुर्नःस्थापना गर्न पहल गरिरहदा एक पछि अर्को उस्तै प्रकृतिको घटनाहरु किन घटि रहन्छन् ? र त्यो क्रमको अन्त्य गर्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्नु पर्ने बेला भएको छ ।

महिला हिंसाको सवालमा चर्चा गर्दा धेरै हिंसाका घटनामा श्रीमानले मदिरा सेवन गरेर श्रीमती कुटिएको पाईन्छ । घटना पछि महिलाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट उपचार, राहात र पुर्नःस्थापनाको पहल भएको पाईन्छ । यो आफ्नो ठाउँमा तत्काल नगरि नहुने काम हो यो गर्ने पर्दछ । तर जो हिंसा विरुद्धको अभियानमा लागेका छन् तिनिहरुको दायित्व एकजना पिडीतको उद्धार र पुर्नःस्थापना गरेर मात्र सकिदैन । त्यस्तै प्रकृतिका घटनाहरु वर्षमा कति वटा घटे र किन यसरी एकै खाल्का घटनाहरु दोहोरीई रहेका छन् त्यसको अनुसन्धान गर्न आवश्यक छ । अबको हिंसा विरुद्धको अभियान हिंसा किन हुन्छ भन्ने विषयमा केन्द्रित हुन आवश्यक छ । यसो भन्दैमा घटना विशेषलाई प्राथमिकता नदिने भन्ने होइन । घटना घट्छन्, त्यसमा पीडितलाई न्याय र पुर्नःस्थापन को प्रक्रिया चलिनै रहन्छ अनुसन्धान र दिगो सामाधानको पाटोबाट पनि काम सुरु गर्नुपर्छ भन्ने विषयलाई जोड दिन भने विर्सनु हुन्न ।

हिंसाका विषयमा चर्चा गरिरहदा अहिले पनि निर्मला बलात्कारको काण्ड सबैभन्दा बढि आउने गर्दछ । हिंसा विरुद्धका अभियन्ता देखि सबैको मुखमा राज्यसँग माग राख्दा समेत निर्मलालाई न्याय देउ भन्ने गरेको पाईन्छ । पक्कै पनि निर्मलाले न्याय पाउनु पर्दछ । तर के विगत केहि वर्ष भनौ निर्मला बलात्कार घटना घटेको एक बर्ष भन्दा बढि अवधिमा भएको बलात्कारको यो एकमात्र घटना हो त ? पक्कै पनि होइन । निर्मला जसरी दर्जनौ होइन सयौ बलात्कारका घटना घटेका छन् । निर्मलाको बलात्कार हुनु अघि र त्यो भन्दा पछि पनि निरन्तर रुपमा बलात्कारका घटनाहरु घटिरहेका छन् तर हामी केवल निर्मलाको न्यायका लागि बहस, भाषण छलफल, नारा जुलुस अभियान चलाई रहेका छौ । अभियान चलाउनु नराम्रो होइन चलाउनु पर्छ तर न्याय निर्मलाले मात्र होइन सबै बलात्कृत, सबै पीडितहरुले पाउनु पर्दछ । हाम्रो अभियान बलात्कार विरुद्ध हुनु पर्दछ । हाम्रो माग बलात्कार रोक्ने तर्फ हुनु पर्दछ । निर्मला विशेषका लागि न्यायको माग निर्मलाको गृह क्षेत्रमा हुन सक्छ, अभियान त्यहा हुन सक्छ । त्यहाँका अधिकार कर्मी, महिला हिंसा सँग सवाल राख्नेहरुले अझ बढि जोडदार ढंगले माग राख्नु पर्दछ तर देव्यापि माग भनेको समग्र बलात्कार विरुद्ध हुनु पर्दछ । हामीले यसरी केहि घटनाहरुमा मात्र केन्द्रित हुदा अन्य पीडित माथि अन्याय भएको हुन सक्छ । सदन देखि संसाद सम्म, राजधानी देखि जिल्ला जिल्ला सम्म निर्मलाको बलात्कारको बारेमा चर्चा हुने तर त्यो भन्दा अगाडि वा पछाडि भएका सायौ बलात्कारमा हामी किन ठूलो बहस नगर्ने ? बहस घटना सँग केन्द्रित भएर होइन आम गतल प्रबृतिका विरुद्ध चलाउन सक्नु पर्छ ।


ताजा खबर