~डा. पारश पञ्जियार
आँखा भित्रको तरल पदार्थको चाप बढेर दृष्टि नशामा असर पुगेपछि दृष्टि क्षमतामा ह्रास आउनुलाई जलविन्दू (Glaucoma) भनिन्छ ।
यो रोग उमेर पुगेका व्यक्ति र बालबालिका सबैलाई लाग्न सक्छ । जलविन्दूका लक्षणहरु ढिला मात्र देखिने र यो रोगले बिगारेको दृष्टि पुन फर्काउन सकिदैन । जलविन्दू संसारभर अन्धोपनको दोस्रो प्रमुख कारण हो ।
जलविन्लदु भएको कसरी थाहा पाउने
आँखा धमिलो देखिन्छ ,आँखा दुख्छ वा एक्कासी धेरै दुख्ने, टाउको दुख्ने तथा बान्ता हुने घाममा हेर्न गाह्रो हुन्छ, कुनै चिज हेर्दा विच विचमा कालो ढब्बा देखिने वा वरिपरिको नदेखिने, बत्तिमा हेर्दा इन्द्रेणी देखिने भएमा जलबिन्दु भएको हुनुक्छ ।
जलविन्दु भएको शंकालागेमा गर्नुपर्ने जाँचहरु
दृष्टि परिधिको जाँच (Confrontation) : आँखा जाँच्ने मान्छे र बिरामी आमने सामने बस्ने र बिरामीको बाँया आँखा बन्द गर्न लगाई दाँया आँखाले आफ्नो बायाँ आँखा हेर्न लगाउने । एउटा हातमा कलम लिने र बिरामीको दृष्टिको १८० डिग्रीभन्दा बाहिरबाट कलमलाई बिस्तारै बिच तिर बिरामीले नदेखेसम्म ल्याउने । यो जाँच प्रत्येक आँखाको लागि प्रत्येक चतुर्थमा गर्ने । जलबिन्दु भएको आँखाको दृष्टि परिधि सामान्यको भन्दा कम हुन सक्छ ।
आँखाको चाप जाँच : बिरामीलाई दुबै आँखा बन्द गर्न लगाउने, दुबै हातको चोर औलाले विरामीको दूबै आँखा पालैपालो विस्तारै थिचेर आँखाको चाप सामान्य भन्दा बढी छ कि छैन अन्दाज गर्ने । जलबिन्दु भएको आँखा सामान्यभन्दा कडा हुन सक्छ । यसको लागि जलबिन्दु नभएको व्यक्तिको आँखा हल्का थिचेर पनि सामान्य चापको अन्दाज गर्न सकिन्छ ।
उपचारः
जलबिन्दुको शंका लागेमा तुरुन्त नजिकको जलबिन्दु उपचार हुने आँखा अस्पतालमा गएर आँखा जाँच गर्नुपर्छ । यसको उपचारमा आँखाको चाप नियन्त्रण गर्न विभिन्न औषधिहरु तथा शल्यक्रिया गर्नु्पर्ने पनि हुन सक्छ ।