~भीमप्रसाद अधिकारी
१. सारांशः राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने हेइन । जायज र नाजायज भन्ने कुरा जहाँ पनि हुन्छ । राजनीति फोहोरी खेल हो भन्न मिल्दैन । राजनीति असल पनि हुन्छ । राजनीति असल नियतबाट गरिने साहसिक यात्रा हो । राजनीतिको बाटो घुमाउरो हुन्छ । बाटो बांगो टिंगो हुन्छ । युद्ध मोर्चामा व्यूह निर्माण गरेर लडाइँ लड्नु जस्तै कठीन कार्य हो राजनीति । राजनीति विचारको चक्रव्यूह जस्तै हो । सफल भए सम्मान। असफल भए अपमान । जित भए हित र हार भए अस्तित्व समाप्त । यस्तो मात्रै पनि होइन राजनीति । प्रजातान्त्रिक व्यवस्थामा हार्नेको पनि राजनैतिक अस्तित्वलाई स्वीकार गरिन्छ । प्रजातन्त्रमा पराजित हुनेको पनि स्थान हुन्छ । संसदीय परम्परामा विपक्षीलाई पनि उत्तिकै सम्मान गरिन्छ । संसदीय व्यवस्थामा विपक्षीको उपस्थितिलाई अनिवार्य र महत्वपूण मानिन्छ । अहिलेको राजनीतिमा सिद्धान्त हराएको छ । अहिलेको राजनीतिमा विचार हराएको छ तर राजनीति विचारवीहिन यात्रा होइन । निश्चित विचारले राजनीतिलाई दिशा निर्देश गर्दछ । सबै नीतिहरुमा प्रधान हुनाले राजनीतिको अझ बढी महत्व हुन्छ । राजनीति ख्याल ख्याल होइन । राजनीति टालाटुली बटुली खेल जस्तो होइन । हरेक कुराको एउटा गन्तव्य हुन्छ । लक्ष हुन्छ । उद्धेश्य हुन्छ । विचारधारा हुन्छ । दार्शनिक अधार हुन्छ । नीति हुन्छ । कार्यनीति हुन्छ । मूल्य र मान्यताहरु हुन्छन् । परम्परा हुन्छ । रीति हुन्छ । थीति हुन्छ । अभ्यास हुन्छ । केही पनि छैन भने त्यो अनीति हो । बेथिति हो । राजनीतिक अराजकता हो । अराजकतावाद हो । अस्थिरताको पराकास्ठा हो । हामी कहाँ सिद्धान्तको आधारमा राजनीति हुँदैन । विचारधारा मूल्य मान्यताका आधारमा राजनीति हुँदैन । हाम्रो राजनीति सिद्धान्तको राजनीति होइन । हाम्रो राजनीति विचारको राजनीति होइन । हाम्रो राजनीति स्वार्थको राजनीति हो । हाम्रो राजनीति सुविधाको राजनीति हो । हाम्रो राजनीति सम्बन्धको राजनीति हो । हाम्रो राजनीति सम्पति कुम्ल्याउने राजनीति हो । हाम्रो राजनीति जनताको नाममा भिख मागेर नेता नेता मिलेर गोजी भर्ने राजनीति हो । हाम्रो राजनीति मोजमुतीको राजनीति हो । हाम्रो राजनीति भोजभतेर गरेर रमाइलो गर्ने राजनीति हो । हाम्रो राजनीति देशलाई दलालको हातमा जिम्मा दिएर कमिसन खाने राजनीति हो । हाम्रो राजनीति सत्तामा बसेर भत्ता खाँदै धनी बन्ने राजनीति हो ।
२. सत्ता संघर्ष र राजनीति: बि.सं.१९०३ देखि अहिलेसम्मको नेपालको राजनीति सत्ता प्राप्तिका लागि नै केन्द्रित छ । १०४ वर्षसम्म राणाजीहरुको एकक्षत्र शासन चल्यो । २००७ मा प्रजातन्त्र प्राप्त भएपछिका सबै सरकारहरु सत्ताकै मियो वरिपरि घुमिरहे । राजा महेन्द्र र प्रधानमन्त्री वि पि कोइरालाका बीचमा व्यक्तित्वको टकराब नभइदिएको भए वि पि एउटा त्यस्तो व्यक्ति थिए जसले प्रजातन्त्रको मर्म रम्रोसँग बुझेका थिए र वास्तवमा वि पि प्रजातन्त्रको अत्मालाई सम्मान गर्दथे । राजा महेन्द्र र प्रधानमन्त्री वि पि मिलेर गएको भए आज प्रजातन्त्र मात्र होइन प्रजातान्त्रिक संस्कारसहितको व्यवस्था हामीसँग हुने थियो । प्रजातन्त्रको कुरासँग हाम्रो खुसी लुकेको हुन्छ । यो शब्द हामीलाई निक्कै मीठो लाग्छ । निक्कै प्यारो लाग्छ । प्रजातन्त्रको उच्चारण गर्दा मात्रै पनि गर्वले हाम्रो मुटु फुल्छ । तर नाम मात्रको प्रजातन्त्रले हामीलाई केही पनि दिँदैन । हामीलाई कहीँ पनि पुर्याउँदैन । हामी प्रजातन्त्रको बाटोमा निरन्तर हिँडिरह्यौं। तर हामी कहीँ पनि पुगेनौं । हामी प्रजातन्त्रको यात्रामा २००७ सालतिरै छौं । हामीले प्रजातन्त्र त पाएकाछौं तर नाम मात्रैको प्रजातन्त्र हो यो जुन हामीले पाएकाछौं । सोझो भइदिनाले राजा वीरेन्द्र प्रजातन्त्रको शिकार हुन गए । राजा वीरेन्द्रले जनतालाई सजिलैसँग प्रजातन्त्र दिए । दलहरुले प्रजातन्त्रको उपयोग गर्न नजान्दा पनि राजा वीरेन्द्र बोलेनन् । राजा वीरेन्द्रको वंशविनाश भयो प्रजातन्त्रको नाममा । माओवादी हिंशात्मक आन्दोलनको परिणाम स्वरुप नै राजा वीरेन्द्रको वंशविनाश हुन गएको हो । देशमा माओवादी हिंशात्मक आन्दोलन नभएको हुँदो हो त को राजा वीरेन्द्रको वंश विनाश हुने थिएन । यो गणतन्त्रको कुरै हुने थिएन । प्रचण्डले राजा हुन खोज्दा राजदरबार समाप्त भएको हो । सत्ता संघर्षको कारणले दरबार मासियो । राजा हटाइएपछि धेरै राजाहरु थापित भए । राजा हुँदाहुँदै अनेक राजाहरु थापित भए र यसलाई भनियो यही लोकतन्त्र हो । हामीले अहिले यस्तै लोकतन्त्रको पूजा गर्दै गएका छौं । रानीतिमा धेरै रहस्यहरु लुकेका हुन्छन् । ती रहस्यहरु जानकार व्यक्तिले सुनाइदिएन भने हामी अनभिज्ञ नै हुनेछौं । हामीलाई धेरै रहस्यहरुको बारेमा केही पनि जानकारी छैन । राजा किन हटाइएको हो र गणतन्त्रले के दिन्छ हामीलाई यो अझै थाहा छैन ।
३.हिंशात्मक माओवादी अन्देलन र राजनैतीक बेथिति : २०५२ फाल्गुण १ गतेदेखि जनयुद्घका नाममा नेपाली जनताले निक्कै ठूलो क्षति व्यहोर्नुपर्यो । कथित जनयुद्घ विदेशीको चाहना अनुरुप भएको थियो । नेपाली जनताका लागि जनयुद्ध आवश्यक थिएन भन्नलाई केही अप्ठ्यारो छैन । जनयुद्धका नाममा अनाहकमा १७ हजार नागरिकले ज्यान गुमाउनु पर्यो । सैयौं नागरिक घाइते भए । सैयौं अपाङ्ग भए । गाउँ रित्तियो । विधि र प्रणाली ध्वस्त भयो । दिल्ली दरबारमा भारतीय चाहना अनुसार राजनैतीक दल र विद्रोही आओवादीका बीचमा १२ बुँदे समोझदारी भएर राजालाई हटाउने वातावरण तयार भयो । कहीँ कतै नभएको अन्तरिम संसदको प्रपञ्च रचियो । चुनाव नलडिकन माओवादीहरुलाई संसद प्रवेश गराइयो । जनताले के भन्छन् र जनताले के चाहेको छ भन्ने ख्यालै नगरिकन धर्मनिरपेक्षताको घोषणा गरियो । राजाका सबै अधिकारहरु सिधै प्रधानमन्त्रीमा सारियो । गिरजाप्रसाद कोइराला इतिहासमा यस्तो प्रधानमन्त्री भए जसले राजा र प्रधानमन्त्री दुबैले प्रयोग गर्ने अधिकारको एकसाथ प्रयोग गर्न पाए । राजनैतिक अराजकताकै बीचमा मधेस अन्दोलनको सृष्टि गरियो । मधेसबाट पहाडेहरुलाई अन्यायपूर्वक लखेटियो । देशभित्रै देश हरायो । नागरिकले देशभित्रै शरणार्थी हुनुपर्यो । आहिले हुनका लागि मधेस शान्त जस्तो छ तर मधेस अशान्त हुनको लागि मात्रै शान्त छ । मधेसीहरुले यो संविधानलाई मानेका छैनन् । हाम्रो संविधानलाई भारतले मान्यता दिएको छैन । कस्तो रहेछ भने नेपालको संविधानलाई भारतले मान्यता दिनुपर्ने रहेछ । भारत नेपाललाई अफ्नो संरक्षित राज्य जस्तो मान्दो रहेछ । नेपालका कुनै पनि प्रधानमन्त्रीले स्वतन्त्रतापूर्वक शासन गर्न सक्ने परिस्थिति छैन । नेपालको प्रधानमन्त्री को हुने भन्ने दिल्ली दरबारमा तय हुन्छ । दिल्ली दरबारले दलहरुलाई मिलाउँछ । दिल्ली दरबारले दलहरुलाई फुटाउँछ । दिल्लीले सबै नेपालीलाई सिल्ली बनाउँदै आएको छ । अनि यसबाट थाहा हुन्छ हाम्रो राष्ट्रियता कहाँ छ भन्ने तथ्य । हाम्रो स्वतन्त्रताको प्रयोग अरु कसैले गर्छ । हाम्रो अधिकारको प्रयोग अरु कसैले गर्छ ।
४. संविधान सभा र राष्ट्रियता : २००७ मा दिल्लीमा राजा राणा र भारत सरकारका बीचमा भएको त्रिपक्षीय सम्झौतासँगै नेपालले अफ्नो स्वतन्त्रता गुमाइसकेको थियो । राणा शासनको अन्त्य भएकोले जनता खुसी भयौं तर भित्रभित्रै सार्वभौमसत्ताको अपहरण भएको तथ्य बुझेनौं । राजाहरुलाई यो कुरा थाहा थियो । वि पि ले जीवनको पछिल्लो अवस्थामा आएर थाहा पाएछन् । वि पि को राष्ट्रिय मेलमिलापको नीति नै राष्ट्र बचाउनका लागि आएको नीति थियो । वि पि ले आफ्ना राजनैतिक आदर्शको बारेमा आफ्ना अनुयायीहरुलाई प्रशिक्षित गर्न समय पाएनन् । अल्छे काँग्रेसी कार्यकर्ताहरुले वि पि को सिद्धान्त पढ्न जाँगर देखाएनन् । संविधान सभाको सवाल २००७ सालमा नै उठेको रहेछ । राजाहरुले किन संविधान सभाको निर्वाचन हुन दिएनछन् भन्दा त यो राजा हटाउने बाटो बनेर आएको रहेछ । २००७ सालमा नै संविधान सभाको निर्वाचन गरेर गणतन्त्र घोषणा गर्न सकिन्छ र त्यसबाट नेपाललाई सके भारतमा मिलाउने नसके भुटान जस्तो संरक्षित राज्यको रुपमा सीमित राख्ने भारतको योजना रहेछ तर यो कुरा नेपाली जनतालाई कहिल्यै भनिएन । जनताले बोझेनन् । जनतालाई बुझाउने प्रयास नै गरिएन । २००७ सालको परिवर्तनपछिको एउटा दुखान्त अवस्था के दिखयो भने यहाँका काँग्रेसीहरु अन्धाधुन्धसँग नेहरुको नक्कल गर्न थाले । नेहरुलाई आदर्श मान्न थाले । काँग्रेसले भारतीय आशीर्वादलाई नै मार्गदर्शक सिद्धान्त बनाइदियो । यसको तुलनामा अहिलेको काँग्रेस धेरै सुध्रिएको छ भन्न सकिन्छ । प्रजातन्त्रको सवालमा माओवादीभन्दा काँग्रेस नै बढी शुद्ध छ भन्न सकिन्छ । राष्ट्रियताको सवालमा पनि माओवादीभन्दा काँग्रेस केही शुद्ध छ । यस्तो राजनीतिक रहस्य आफैं बुझिने कुरा पनि थिएन । हामी जनताले बुझेनौं । २००७ सालमा संविधान सभाको निर्वाचन भएको भए के नेपाल रहने थियो त ? त्योबेला राजा त्रिभुवन र राजा महेन्द्रलाई नेपाललाई भारतमा गाभ्न निक्कै दवाव दिइएको रहेछ । यो कुरा बाहिर आएको थिएन । को बोल्ने र थाहा हुनु । राजाहरुले बोल्न नहुने । जनतालाई राजा विरेधी शिक्षा दिइँदो रहेछ । एउटै कुरा पनि पटक पटक सुनेपछि असत्य नै भए पनि सत्य जस्तो प्रतीत हुँदोरहेछ । हामी भ्रमपूर्ण कथ्यलाई सत्य स्वीकार गर्न बाध्य थियौं । हामीलाई पनि एउटा भ्रम थियो कि राजा वास्तवमैं खराब नै हेन् र सबै बर्बादी भएको राजा कै कारणले हो तर यो होइन रहेछ नि अहले अएर थाहा भयो । ०६२र०६३ को जनआन्दोलनको परिणाम स्वरुप प्राप्त उपलब्धिको रुपमा गणतन्त्र संघीयता धर्मनिरपेक्षतालाई लिने गरिन्छ तर यसबाट के हासिल भयो त भन्ने चाहिँ देख्न सकिने कुनै पनि उपलब्धि हासिल भएको छैन । राष्ट्रियता कमजोर भयो । देशको अस्तित्व संकटमा पर्न गयो । भोलि नेपाल रहन्छ कि रहन्न । नेपाली पहिचान रहन्छ कि रहँदैन भन्ने खतरा बढ्यो । राष्ट्रियता कमजोर मात्रै होइन कि स्वाहा नै भयो भने पनि फरक पर्दैन । आज हाम्रो राष्ट्र छ तर राष्ट्रियता छैन । राष्ट्र र राष्ट्रियताको संरक्षक राजा नै नभएपछि यो स्वतह कमजोर हुने नै भयो । जनयुद्धको उपलब्धि यसैलाई मान्ने हो भने त केही भन्नु छैन तर काम न सामको चिज ल्याएर मात्रै के गर्नु । भारत नेपालबाट राजतन्त्र समाप्त होस् भन्ने चाहना राख्ने छिमेकी रहेछ । लोभीपापी नेपाली नेताको राजनैतिक शिविर खडा गरेर भारतले गणतन्त्रको प्रशिक्षण दिँदै आएको रहेछ । बाबुराम प्रचण्ड भारतीय शिविरमा गणतन्त्रको प्रशिक्षण प्राप्त गरेका अपराधी नेता रहेछन् ।
५. हिंशात्मक माओवादी आन्दोलन राज्य विरुद्धको अपराध : माओवादको आडमा प्रचण्ड बाबुरामले २०५२ फाल्गुण १ देखि सञ्चालन गरेको सशस्त्र युद्ध वास्तवमा राजनैतिक परिवर्नका लागि आवश्यक थिएन । तत्कालीन संविधान नियम कानुन अनुसार मूलत प्रचण्ड बाबुरामले सञ्चालन गरेको हतियारबन्द युद्ध राज्य विरुद्धको संगठित अपराध नै थियो । भलै यसलाई सत्ताको लेनदेनमा माफ गरियो । समस्या एउटा थियो । समाधानको उपाए अरु धेरै थिए तर विदेशीको लहैलहैमा लागेर माओवादी भनिने कथित क्रान्तिकारीहरुले राज्य व्यवस्थाका विरुद्ध नै हतियार उठाएका थिए त्यसिलाई पनि जायज नै मानियो । मान्छे मारे । अफ्ना समर्थकलाई युद्धको ज्वालामा हेमिदिए । विरेधीलाई छेकीछेकी लुकेर प्रहार गर्दै मारे । माओवादीहरु मान्छे मार्न सफल भए । हामी सबै मरिन्छ भनेर माओवादीसँग डराएका हौं । आतङ्कसँग देश नै डरायो । जनता सबै डराए । माओवादीको लक्ष भनेको जनताको मनमा डर त्रासको भावना सृजना गरेर जनभावनालाई कुल्चनु थियो त्यसमा उनीहरु सफल भए । २०५२ मा जुन समस्या थियो त्यो समस्या अहिले पनि छ । कुनै पनि समस्याको स्थायी समाधान भएको छैन । अझ समस्याहरु बढिरहेका छन् । समस्याहरु थपिइरहेका छन् । गणतन्त्र धर्मनिरपेक्षता संघीयता नै समाधान थिएन । भाग्य कै खेल हो कि हिंशात्मक माओवादी आन्दोलन राज्य विरुद्धको अपराध थियो तर यसले राजनीतिक मान्यता प्राप्त गरेर सकुशल अवतरण हुने अवसर पायो । सच्चिएर अघि बढे माओवादीलाई सफलताका सिँढिहरुको कमी छैन । गल्ती स्वीकार गरेर अघि बढे माओवादी भोलिको प्रमुख राजनीतिक घटक बन्न सक्छ । आज परिस्थितिवश माओवादी सत्ताको निर्णायक शक्ति भएको छ तर सधैं यही अवस्था रहिरहँदैन । माओवादीविनाको सरकार बन्न सक्ने आधार निर्माण भइरहेको छ । माओवादीले सत्ता पाएन भने माओवादी चुप लागेर बस्दैन भन्ने धेरैलाई थाहा छ । सत्ता बसेर आन्दोलन गरने दल हो माओवादी ।
६.सत्तामा सकस : दलहरुले चुनावमा गठबन्धन बनाएर गएको भए पनि विधर्मी सिद्धान्त भएका राजनैतिक दलहरुको मोर्चा संकटपूर्ण यात्राको अनिश्चित गन्तव्यमा नै अलमलिइरहेको छ । साझा लक्ष छैन । साझा उद्धेश्य छैन । सत्ता एक मात्रै लक्ष छ । सत्ता केन्द्रित राजनीतिमा कतिबेला के हुन्छ भन्न सकिन्न । दलहरुले सत्ताका लागि सबै कुरा खुला गरिदिएका छन् । सत्ता नै अन्तिम सत्य हो भन्ने मान्यता स्थापित गरिदिएका छन् । दलहरु सत्तामा पुग्नका लागि घोषित राजनैतिक सिद्धान्तलाई तिलाञ्जली दिन तयार छन् । सत्ता टिकाउनका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार छन् । कुनै पनि दललाई विस्वास गर्न नसकिने अवस्था छ ।
७. नयाँ दलको उदयको सम्भावनाः संघीयता गणतन्त्र धर्मनिरपेक्षता यति तीन चिज देखाएको भरमा मात्रै सधैंभरि जनता पुरानै दलका साथमा रहिरहन्छन् भन्ने हुनसक्दैन । माओवादी पनि अब पुरानो भइसक्यो । पत्याउँदैनन् अब माओवादीलाई जनताले । जनतामा निराशा व्यापक रुपमा बढेको छ । संघीयता गणतन्त्र धर्मनिरपेक्षताले केही दिन सकेन भन्ने गुनासो बढेको छ । शासन पद्धतिमा देखिएका विकृति र विसंगतिबाट जनता वाक्क दिक्क भएका छन् । नयाँ दलको उदय हुनका लागि समय अनुकूल बन्दै गएको छ ।
८. निष्कर्ष: राजनैतिक दलहरुले आफ्नो दलीय आदर्श उद्धेश्य औचित्य साबित गर्न सकेनन् । राज्य लुटको सिद्धान्तमा चल्न थाल्यो । सत्तामा बसेर राज्यस्रोतको दुरुपयोग गर्ने आम संस्कृतिको विकास भयो । राजा हटाएर राजाकोभन्दा राम्रो व्ववस्था दिन सकेनन् दलहरुले । कतिपय अवस्थामा दलहरुभन्दा राजा नै ठीक थिए भन्ने अभिव्यक्ति गणतन्त्रवादी स्वयमले दिन थाले । यो दलहरु नाकाम भएको अवस्था हो । दलहरु कामयाव हुन सकेनन् । राष्ट्र अत्न्यै कमजोर भयो । अर्थतन्त्र कमजोर भयो । सरकारमा स्थायीत्व भएन । यो व्यवस्थाबाट स्थीर सरकार नपाइने निश्चित जस्तै भयो । यी तमाम परिस्थितिबाट नयाँ विचारसहित नयाँ राजनैतिक दलको उदय हुनु वा अझ बढी विकृति र विसंगतिको विकाश हुँदै जानु यो अनिवार्य जस्तै छ । अवस्था यस्तो छ कि राजा आए पनि अहिले केही सुधार हुने देखिँदैन । परिस्थिति निक्कै खराब भइसक्यो ।
समाप्त