नेपाल र भियतनामबिचको दोस्रो खेल आज हुँदै

पेरिस ओलम्पिक– २०२४ अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् ।

यस अघि गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो खेलमा नेपालले आक्रामक खेले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा भियतनाम हावी भएको थियो । यस समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग खेलिरहेको छ ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको थियो ।

दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ ।

भियतनामसँग खेल्ने नेपाली महिला फुटबल टिमः

गोलकिपरस् अन्जिला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ ।
डिफेन्डरः समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, बिमला बिक, निशा थोकर, पुजा राना, सिर्जना चेम्जोङ ।

मिडफिल्डरः रेनुका नगरकोटी, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी ।
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला बिक ।


ताजा खबर