काठमाण्डौको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा शनिबार दिउँसो २ बजे एयर डाइनास्टीको नाइन. एन. ए. जे.डी. हेलिकोप्टरको पुच्छरको पंखा खुस्किएर दुर्घटना भएको हो।
अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर को पुच्छरको पंखा खुस्किएर नजिकैको घरको छानामा खसेको छ ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जका अनुसार हेलिकप्टर अहिले पनि अस्पतालको हेलिप्याडमा नै रहेको छ । घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ह्याम्स अस्पतालमा अवतरणका क्रममा एअर डाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी आएको सफल नेपाललाई बताउनुभयो ।
बिरामी लिन चितवनको भरतपुरका लागि विमानस्थलबाट उडेको हेलिकप्टर ह्याम्स अस्पतालबाट मेडिकल टिम लिएर जाने क्रममा ह्याम्स अस्पतालको रुफटप हेलिप्याडमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।
दुर्घटनामा हेलिकोप्टरमा रहेका पाइलट सकुशल रहेको र कुनै मानविय क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।