विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनक रुपमा मतदान गर्दै (फोटोफिचर)
काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।
धुलिखेल- २ मतदानस्थल
धुलिखेल नगरपालिका : २ सेतीदेवी मावि रविओपीमा वडा अध्यक्ष पदका लागि शनिवार भएको उपनिर्वाचनमा मतदानस्थलमा खटिएका कर्मचारीको सहयोगमा मतदान गर्दै ज्येष्ठ नागरिक ।
भरतपुर महानगरपालिका वडा नं १६ स्थित माध्यामिक विद्यालय ढडडाघारीमा मतदान गर्न मतदातालाई रिक्सामा ल्याइँदै ।
बाँकेको कोहलपुर वडा नं ६ मा भइररहेको उपनिर्वाचनका क्रममा मतदानस्थलमा खटिएका कर्मचारी र मतदान गर्न पुगेका मतदाता ।
काभ्रेको धुलिखेल, जहाँ वडा नं. २ को वडा अध्यष पदका लागि निर्वाचन भइरहेको छ
पोखराको एक मतदानस्थल नजिकै वम विस्फोट भएको छ । वम विस्फोटबाट कुनै क्षती भएको छैन । अहिले त्यहाँ निर्वाचन पुन?सुचारु भइसकेको छ ।
कास्की निर्वाचन क्षेत्र नं। २ प्रतिनिधिसभा सदस्य निर्वाचनको पोखरा १७ स्थित पार्दी मावि केन्द्रमा शनिवार विहान छोरा अर्जुन भण्डारीको सहायताले मतदान गर्दै ज्येष्ठ नागरिक ९७ बर्षीय टंककुमारी भण्डारी ।
प्रदेशसभा सदस्यको रिक्त पदमा भएको उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका– २, दुवाकोटमा मतदान गर्दै ७७ वर्षीय हरिप्रसाद पोखरेल ।
कास्की क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका३३ भरतपोखरीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि कर्मचारी एवम पार्टी प्रतिनिधिसँग नाम रुजु गराउँदै मतदाता ।
कास्की क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका३३ भरतपोखरीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय मतदान केन्द्रमा गोप्य मतदान गर्र्दै मतदाता ।
भक्तपुरमा प्रदेशसभा सदस्यको रिक्त पदमा भएको उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका– २, दुवाकोट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
दाङ क्षेत्र नं ३ प्रदेश (ख) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७बmउस बजेबाट मतदान गर्न लाइनमा बसेका मतदाता ।