काठमाडौ । काठमाडौका सवारी साधनमा दुई दिन जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।
१३औं दक्षिण एसियाली खेलकुद साग उद्घाटनका दिन आउँदो १५ गते बिजोर र समापनका दिन २४ गते जोर नम्बर प्लेटका सवारीमात्र सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ठूला मालबाहक सवारीलाई चक्रपथभित्र प्रवेश नगर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न पनि प्रहरीलेआग्रह गरेको छ ।