देशका ५२ वटै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
आज भएको मतदान प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ ।
केहि ठाउँमा भने स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि मतदान भएको हो ।
पोखरा र केहि ठाउँमा मतादान स्थल प्रभावित गर्ने उद्देश्यले बम विस्फोट समेत गराइएको थियो । तर मानवीय क्षती भने भएको छैन ।
मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ । पेटिका संकलन पश्चात मत गणना आज गर्ने वा कहिले गर्ने भन्ने निर्णय गरिने छ ।