कञ्चनपुरको पुनर्वास–३ मा नेकपा विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् ।

तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ ।


ताजा खबर