ॐ हस्पिटल कर्मचारी युनियनले गर्यो प्रा.डा. सुनिल शर्मा ढकाललाई स्वागत

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी युनियनले आज एक औपचारिक कार्यक्रम गरी प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा ॐ हस्पिटलमा पुनःसेवारम्भ गर्नुभएका वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्रा.डा. सुनिल कुमार शर्मा ढकाललाई स्वागत गरेको छ ।May be an image of 4 people

May be an image of 6 people and newsroom

उहाँसंगै उहाँका टिमका सदस्यहरु बरिष्ठ जि.आई. सर्जन डा.प्रनिल राई, अमेरिकन बोर्ड सर्टिफाइड बरिष्ठ कोलोरेक्टल तथा रोबोटिक सर्जन डा. सत्यदीप भट्टाचार्य, कन्सल्ट्यान्ट सर्जन-हर्निया बिशेषज्ञ डा. निर्वाण राई र कन्सल्ट्यान्ट जिआई सर्जन डा. सुबोध घिमिरेलाई पनि स्वागत गरिएको थियो ।

May be an image of 5 people, hospital and textMay be an image of 5 people, dais and textMay be an image of 3 people and people smiling

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले डा. सुनिलको पुनःआगमनले ॐ हस्पिटल परिवार खुशी भएको र ॐ हस्पिटल पाचन रोग शल्य चिकित्साकालागि रोजाईको गन्तव्यको रुपमा स्थापित हुने कुरामा आफु विश्वस्त रहेको जिकिर गर्नुभयो ।

धन्यवाद मन्तव्यका क्रममा वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्रा.डा. सुनिल कुमार शर्मा ढकालले आफुलाई आज ख्यातिप्राप्त सर्जनको रुपमा स्थापित गर्न ॐ हस्पिटलले महत्पूर्ण स्थान दिएको स्मरण गर्दै अत्यन्त दक्ष र कुशल शल्यचिकित्सकहरुको टिम सहितको यो पुनःआगमनले यस अस्पताललाई पाचन रोग सम्वन्धि शल्यक्रियामा उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 6 people and newsroom

ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशब प्रसाद चौलागाईले ॐ हस्पिटलका सुरुवाती दिनहरुमा डा. सुनिल शर्मा ढकालले पुर्याउनुभएको योगदानको चर्चा गर्दै पुनःआगमन पछिका दिनहरु थप उर्जाशिल र उत्पादनशील हुने र नेपालको पाचन शल्यक्रिया तथा उपचारमा ॐ अस्पताल एक आदर्श अस्पतालका रुपमा परिचय बनाउन सफल हुने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कर्मचारी युनियनका पदाधिकारीहरु, उच्च व्यवस्थापनका सदस्यहरु, नर्सिङ स्टाफ तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

May be an image of 5 peopleMay be an image of 10 people, people studying and hospital

वरिष्ठ पाचन रोग शल्य चिकित्सक डा. सुनिल कुमार शर्मा ढकालले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा गतसाता देखी  प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा पुनःसेवारम्भ गर्नुभएको हो ।

May be an image of 5 people, people smiling and hospital

#GISurgery #GISurgeryInNepal #TeamGISurgeryAtOMHRC


ताजा खबर