कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो मतपरिणामले नेकपालाई अगाडि देखाएको छ।
नेकपा उम्मेदवार विद्या भट्टराई काँगेस उम्मेदवारभन्दा १ हजार १ सय ६५ मतले अघि बढेकी हुन्। यो वडा नम्बर ३३ को मतगणना हो।
५ हजार ६ सय ४३ मत खसेको यो वडामा भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छन्। काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन्।
समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका रोमबहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेका छन्।
नेकपा उम्मेदवार भट्टराईले यही वडाबाट मतदान गरेकी थिइन्। उनी ३३ नम्बर वडाकी मतदाता हुन्।