बङ्गलादेश विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ ।
बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।
खेलको निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीको प्रहारले पोस्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।
बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोस्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाइन् ।
नेपालले चीनको होङझाउमा आयोजना हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी स्वरूप पनि उक्त मैत्रीपूर्ण खेल खेलको हो ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेशले एक–एक गोलको बराबरी खेलेका थिए । रासस