खाना पकाउने ग्यासको मूल्य १३० रुपियाँ घट्यो

पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ ।

यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिनुभएको हो ।

नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ ।

हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।


ताजा खबर