एमाले केन्द्रीय कमिटीमा दुई सदस्य थप

नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा केदार न्यौपाने र छक्कबहादुर लामालाई थप गरेको छ।

पार्टी मुख्यालयमा साउन २९ मा बसेको बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै, एमाले सचिवालय बैठकले संगठन विभाग सचिवमा माधव ढुंगेललाई मनोनीत गरेको ज्ञवालीले बताए।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले शंकरदत्त जोशी (सुदूरपश्चिम) र सूर्य शर्मा (बागमती)लाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य चयन गरेको छ। रासस


ताजा खबर