राष्ट्रपति पौडेलसमक्ष जापानी संसद्को शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्यहरू साथै नेपाल-जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहनुभएका कोबायासी काजुहिरो र नागई मन्बुले शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ताजा खबर