बुढानीलकण्ठ राधाकृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसारनै  बुढानीलकण्ठको राधाकृष्ण मन्दिरमा पूजा आराधना भएको हो ।