अति धेरै हिँसा हुन्छ हामी महिलालाई ।
महिला हिँसा अन्त्य गर भन्दै गर्छन् भाषण
भित्रभित्रै नारीहरू भाछन् शोषण ।
अन्धविश्वास कुरीतिको शिकार पनि भाका छन्
कति चेली छाउपडीको गोठमा रोका छन् ।
कुटिन्छन नि नारीहरू बोक्सी आरोप लगाई
मारिन्छन् नि यिनै नारी ज्यँदै जलाई ।
मानसिक,शारीरिक यात्ना दिन्छन् नारीलाई
दाईजो किन ल्याइनस् भन्दै कुट्छन् बरिलै ।
फूल बनी नफर्कँदै कोपिला मै निमोट्छन्
अत्याचारी ,बलत्कारी ठाँटले हिँड्दछन् ।
बालिका र वृद्ध पनि भन्दैनन् नि पापीले
कति पीडा सहने हो नारी जातिले ?
एउटै कोखको छोराहरू सम्पत्तिमा चइन
रुँदै हिड्ने छोरीलाई छैन योजना ।
हत्या हिँसा बलत्कार झन् झन् धेरै बढ्दै छ
चेलीबेटी बेचबिखनले जरो गाड्दै छ ।
कति चेली रुँदै हिँड्छन् बम्बैको कोठीमा
दलालहरू गाउँमा हिँड्छन् तिनकै खोजीमा।
उठ्नुपर्छ दिदीबहिनी हुन्न अब सुतेर
हिँड्नुपर्छ चेतनाको विगुल फुकेर ।
महिला हक अधिकार संविधानमा लेखेछ
कार्यान्वयन गर सरकार के ले रोकेछ?
महिला हिँसा अन्त्य गर्न कडा बनाऊ कानुन
बलत्कारी हत्याराले बल्ल जानून ।
कुरीति र कुसंस्कारको जरो हाम्ले खन्नु छ
सबै मिली चेतनाको दियो बाल्नु छ ।
चुल्हो चौका घाँस दाउरा मात्रै ह्वैन हाम्रो काम
भृकुटी र सीताले झैँ राखौँ हाम्ले नाम।
नौलो आयो प्रवृत्ति नौलै आयो जमना
असी सालको तिजको शुभकामना ।