ॐ हस्पिटल र नेपाल एस.वि.आई. बैंकबीच विशेष छुट सम्झौता

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एस.बि.आई. बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालय कमलादिमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाल एस.बि.आई बैंकका म्यानेजिङ डाइरेक्टर तथा सिइओ दीपक कुमार डेको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नेपाल एसविबई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका प्रमुख वित्तिय अधिकृत मो.रिजवान आलमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा नेपाल एस.बि.आई बैंकका तर्फवाट चिफ अपरेटिङ अफिसर यादवेन्दर कान्त, चिफ विजनस डेभलोपमेन्ट अफिसर रितेश अर्याल, विजनश डेभलोपमेन्ट म्यानेजर सुमन सिलवालको उपस्थिति थियो भने ॐ हस्पिटलका तर्फवाट विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

No description available.

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अधिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, कमलादी काठमाडौंमा कर्पोरेट अफिस रहेको अग्रणि बैंक नेपाल एस.बि.आई बैंकका देशभर ९४ शाखामा १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले २२ एक्सटेन्सन काउण्टर, ११ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।  सफल नेपाल


ताजा खबर