सन्दर्भ : विश्व मुटु दिवस


बेस्सरी बायाँ छाती दुखेर आउने, श्वास फेर्न गाह्रो हुने, खुट्टा सुन्निने, चक्कर लाग्ने बेहोस हुने लगायतका समस्या लिएर बिरामी अस्पताल आउँछन्। शरीरका औंला, जिब्रोको टुप्पो निलो हुने, हिँड्न नसक्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या लिएर बिरामी आउँछन्।
अहिले जन्मजात मुटु रोग, मुटुको मांसपेशीको रोग, हृदयघात लगायतका समस्या धेरै छन्। सुगर, प्रेसर भाइरल इन्फेक्सनले मुटुलाई असर गर्नेसमेत हुन्छ।
केही सेवाबाहेक नेपालमा मुटु रोगको उपचार अन्तर्राष्ट्रिय स्तरको हुन्छ। नेपालमा अपरेशन गरेर र नगरीकन हुने धेरै खालका उपचार सम्भव छ। मुटु उपचारको लागि काठमाडौंबाहिर समेत सेवा विस्तार भइसकेको छ। नेपालमा मुटुको प्रत्यारोपण र कृत्रिम मुटु राख्नेबाहेक सबै खालका सेवाहरू उपलब्ध छन्। यसका लागि सरकारले पहल गरेमा असम्भव भने छैन।
मुटुका लागि सबैखालको सेवा उपलब्ध भए पनि यो रोग लाग्न नदिनु नै महत्वपूर्ण हो।
मुटु स्वस्थ राख्ने मुख्य टिप्सहरू यसप्रकार छन्।
- दिनमा कम्तीमा आधा घन्टा छिटो-छिटो हिँड्नुपर्छ।
- त्यसरी हिँड्दा मुटुको धडकन थाहा पाउनुपर्छ भने पसिनासमेत आउनुपर्छ।
- सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
- मध्यपानको सेवन नगर्ने।
नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धेरै समस्या परेमा मात्रै यी अस्पतालमा आउनुपर्छ। मुटुरोगको सेवा धेरै जसो सरकारी र निजी ठुला अस्पतालबाट पाउन सकिन्छ।