कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री यतिवेला आफ्नो तीन वर्षे कार्यकालको समिक्षाको रुपमा जनताको घर दैलोमा पुगेर गुनासो सुन्ने दौडमा हुनुहुन्छ । जनप्रतिनिधिले यो साहास गर्नु आफैमा स्वागत योग्य कदम हो । केहिपनि काम नगरेको जनप्रतिनिधिले गुनासो सुन्ने हिम्मत गर्न सक्दैन ।
यो अर्थमा प्रमुख खत्रीले नगरमा केहि काम गर्नु भएको छ भन्नमा कुनै कञ्जुस्याई गरिराख्नु पर्ने अवस्था छैन र वास्तवमा नगरपालिकाले जनताको माग र आवश्यकता पूर्तिका लागि समानुपातिक ढंगले बजेट विनयोजन र कार्यन्वयन गरिरहेको अवस्था पनि छ ।
नगर प्रमुखको वडा दौडाहाको क्रम चलिरहदा एउटा संका भने पक्कै पनि उब्जीएको छ । हामीले स्थानीय तहमा जनप्रतिनिधिहरु निर्बाचित भएको वर्षलाई हे¥यौ र त्यो बेलाका हाम्रा धारणाहरुको अध्ययन ग¥यौ भने एउटा के विषय प्रस्ट रुपमा देखिएको हो भने निर्वाचनका ताका गाउँ गाउँ र टोल टोल पुगेका उमेदबारहरुले मतका लागि जनताले जे जस्ता विकास मागे आफू निर्वाचित भएमा पुर्याईदिने बचनबद्धता गरे । बचन दिने मध्यकै कोहि निर्वाचित भएर जनप्रतिनिधि भए । निर्वाचित भएपछि जनताहरु बधाई दिन र पूर्व बाचा सम्झाउन पटक–पटक जनप्रतिनिधि भएको ठाउँमा आए जसको प्रभाव जनप्रतिनिधिहरुले कसैलाई दुई सय मिटर पाईप, कसैलाई सानो कुवा, कसैको घर जाने बाटोमा कल्भट, कसैको सिंचाई कुलो, तटबन्ध, तार जालि, आठ दश थान विद्युत पोल आदि इत्याधिमा बजेट विनियोजन गरे । हामीले मिडिया देखि आम जनसमुदायले भोट मुखि विकास भयो, ठोस विकास भएन भनेर आलोचना गर्यौ त्यो कुरा आम रुपमै देशव्यापि ढंगले उठ्यो र स्थानीय तहहरु ठोस विकासको एजेण्डामा लागे, डिपिआर गुरुयोजना को अवधारणा आयो ।ठूला योजनाहरु निर्माणको प्रक्रिया सुरु हुनै लाग्दा अन्य ठाउँलाई छाडेर सिन्धुलीको कमलामाई नगरपालिकाको हकमा प्रमुख ज्यूले थाल्नु भएको जनताको घर दैलो अभियानले फेरीपनि उहाँलाई तीन वर्ष अगाडिकै अवस्थामा फर्काउने खतरा देखिएको छ ।
केहि स्थानका जनताको माग र त्यसमा नगर प्रमुखको संंबोधनलाई हेर्दा अबको बजेट विनियोजन फेरी तीन वर्ष अगाडि निर्वाचन जितेपछिको पहिलो बजेट विनियोजन जस्तै साना–साना योजना युक्त हुने हुन कि भन्ने संका उब्जीएको छ । यसो भन्दै गर्दा जनप्रतिनिधि जनताको घर दैलोमा जानु हुदैन थियो, गुनासो सुन्नु हुदैन थियो र त्यसको संबोधन गर्नु हुदैन थियो भन्ने अर्थ लगाउनु हुदैन । जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने प्रंक्रिया नै उत्कृष्ठ प्रक्रिया हो । तर यो पटक संबोधन गर्ने विषयमा भने गम्भीर हुनै पर्दछ । अब पनि पहिलाको जसरी स–साना योजना बनाएर संबोधन गर्न लागियो भने आलोचनाको शिकार बन्नु पर्ने हुन्छ । त्यसैले योजना निर्माण गर्दा विकासको दृष्टिकोणले पछाडि परेको बर्ग, क्षेत्रलाई समेट्ने गरि ठोस योजना बनाउन आवश्यक छ ।
कुनै एउटा गाउँमा पुर्याउन मात्र मोटरबाटो खन्ने होइन त्यो गाउँ हुदै अर्को गाउँ जोड्ने मोटर बाटोको अवधारणा ल्याउनु पर्दछ । सानो योजना कुनै गाउँ र ठाउँ लक्षीत होयइन बृहत योजना गाउँ र ठाउँ जोड्ने खाल्का ल्याउनु पर्दछ । सडक, विद्युत, जस्ता ठूला आयोजना केवल सुविधाका लागि मात्र होइन उत्पादन र उत्पादकत्व बृद्धि गर्ने हिसावले ल्याउनु पर्दछ । तव मात्र ठोस विकास भएको मान्न सकिन्छ । कालोपत्रे सडक बनाउनुको उद्देश्य जनताले यातायातको सुविधा मात्र पाउने अवस्थाको अन्त्य गर्नु पर्दछ । सडकको विकास सँगै कृषि उत्पादन शहर सम्म आईपुग्ने गरि कृषि क्षेत्रको विकास पनि गर्नु पर्दछ, विद्युतिकरण सँगै औद्योगिकरणको निति लाई पनि अगाडि सार्नु पर्दछ ।
अहिले कमलामाई नगरपालिकामा भईरहेको गुनासो सुन्ने प्रक्रियाबाट जतिपनि जनताका गुनासोहरु आउछन् ति समान खाल्का गुनासोहरुलाई एक ठाउँमा राखेर सम्बोधन गर्ने प्रयास गर्नु पर्दछ । सडक निर्माण गर्दा उत्तर, दक्षिण, पूर्व पश्चिम सकेसम्म धेरै घना बस्ती भएका गाउँ र टोल समेटिनि गरि मुल मार्ग र त्यसका सहायक मार्गबाट स–साना बस्ती जोड्ने योजना छनौट गरिनु पर्दछ, विद्युतिकरण र सिचाई तथा खानेपानीमा पनि यहि अवधारणा लागु गर्न सकिन्छ ।
नगरले गरेको गुनासो सुन्ने प्रयास सकारात्मक छ । यसलाई बार्षिक रुपमै गरिनु पर्दछ । तर संबोधन चुनाव पछिको पहिलो बजेटले जसरी होइन ठोस र दिर्घकालिन योजना मार्फत गर्ने रणनिति लिन आवश्यक छ ।