“जाडो विदामा मेरो घरमा आउने दुई भतिजिहरुलाई लिएर म फेरी उनिहरुको रहर पूरा गर्न त्यो पार्क जान पाउछु ? उनिहरुले अस्तिको पटक नै मलाई सोधेका थिए पिङ कस्ले चुटायो ? यहाँ पहिला फुलहरु हुन्थे कसले उखेल्यो । यस्तो झार किन भएको ? पोखरीमा पानीको फोहोरा हुनु पर्ने किन नभएको ? पोखरीको पानी कति फोहोर ? मैले यि प्रश्नको एकमुष्ट जवाफ के दिने होला ? नगरपालिकाकाले भत्कायो भन्ने कि ? पहिले जस्तै मेयर सापले राम्रो बनाउन लगाउदै हुनुहुन्छ भनेर बाल मस्तीस्कहरुलाई फेरी ढाँटु ?”
हुन त गुनासो पोख्न पत्रिकाको पाना खर्च गरि राख्नु पर्ने अवस्था थिएन । कमलामाई नगरपालिकाको मेयर साप आफ्नो तीन वर्षे कार्यकालको समिक्षा गर्न गाउँ गाउँमै पुगि रहनु भएको छ । वडागत रुपमा जनताको गुनासो सुन्न गई नै राख्नु भएको छ । यद्यपि मैले आफुले मेयर सापलाई भोट हालेको वडा १२ नं. वडामा मेयर सापले गुनासो सुन्ने कार्यक्रम सकि सकेको र त्यो कार्यक्रममा म उपस्थिति हुन नसकेको तथा मेरो गुनासो मैले मत हालेको वडा भन्दा फरक वडा, वडा नंं ६ को समस्या भएकाले वडा नं. ६ को समेट गुनासो सुन्ने दिन सकिइ सकेको हुदा पत्रिका मार्फत मेयर साप सँग गुनासो पोख्ने विकल्प रोजेको छु ।
म धेरै भूमिका नबाधी सिधै विषय प्रवेश गर्न चाहन्छु । मेयर सापले गुनासो सुन्ने समय अवधि तोकेकै समयमा म मेयर सापको ध्यान पुग्न नसकेको अलपत्र एउटा कामको बारेमा केवल जानकारी मात्र गराउछु । कमलामाई नगरपालिकाको गेट बाट निस्कदा निस्कदै अगाडि पट्टि देखिने बाल उद्यान (चिल्ड्रेन पार्क) साना नानी-बाबुहरुका लागि अन्यन्तै उपयोगि र रमणिय ठाउँ थियो । म मेरा घरका साना दुईवटा भतिजीहरुलाई लिएर दर्जनौ पटक त्यो पाार्क पुगेको छु ।
गएको दशैमा काठमाण्डौं बसेर पढ्ने भतिजिहरु घर आएको बेला फेरी पार्क जाने रहर गरे र एउटी भान्जी सहित म पार्क गए । पार्कको गेट बन्द रहेछ । पार्क भित्र सानो घरमा बस्ने दाई चिनेजानेको हुनुहुन्थ्यो उहाँले पार्क भित्र निर्माण कार्य भईरहेकाले जान नमिल्ने बताउनु भयो । मैले नानीहरुलाई एकछिन पिङ खेलाउछु भनेपछि उहाँले गेट खोलिदिनु भयो । पहिले पहिले लिने पाँच रुपैया शुल्क पनि लिन मान्नु भएन । घुम्ने खासै ठाउँ छैन भनेर । पार्कमा एउटा कालो स्तम्भ, चारवटा पोखरी थप भएछ । एउटा पिङ चुट्टिएछ । चिप्लेटी खिया लागेको रहेछ । मैदानमा फूलको सट्टा झार नै झार रहेछ । निर्माणको क्रममा भएकाले सबै अव्यवस्था भएको होला भनेर म १० मिनेट नानिहरुलाई पिङ खेलाएर फर्किए । मैले त्यसपछि त्यो विषयमा खासै चासो राखेको थिइन । तर हालै स्टलबजार माथिको श्रेष्ठ तन्नुरी गेष्टहाउसको बरण्डाबाट खाजा खाने क्रममा त्यो पार्क देखे ।
मैले दशैं अगाडि जुन अवस्थामा देखेको थिए त्यो पार्कको अवस्था त्यो भन्दा खराव भएको पाए । निर्माणको चरणमा रहेको पार्क यति लामो सम्म निर्माण सम्पन्न नभएर हो वा अन्य व्यवस्थापकिय कमजोरीका कारण सुचारु हुन नसकेको हो मैले बुज्न प्रयास गरे । पार्क गत आर्थिक बर्षको बजेट बाट नै बनेको रहेछ । साउन देखि यता ५ महिनाको अवधिमा यो पार्कमा निर्माण सम्बन्धी कुनै काम भएको रहेनछ । ठेकेदार तर्फको काम सकिएको भन्ने बुझियो ।
निर्माणको भौतिक पक्ष केहिपनि बाँकी नभए पार्क किन चल्न सकेन ? म मेयर सापलाई प्रश्न गर्न चाहन्छु के एउटा पार्क बनाउन पुग्ने र आवश्यक पर्ने सम्पूर्ण बजेट पनि विनियोजन नगरि भएको संरचना भत्काईएको हो ? भौतिक निर्माणको काम सकिएपछि फूल रोप्ने देखि साजसज्जाको काम गर्नु पर्दथ्यो त्यो गर्न बजेट विनियोजन गरिएको थियो कि थिएन ? भौतिक बजेटबाटै पार्क पूर्ण घुम्न लायक हुनु पर्ने थियो कि भौतिक विकास र साज सज्जा अलग अलग हुन ? एक वर्ष देखि बालबालिकाहरु खेल्ने र रमाउने ठाउँमा पुननिर्माण गर्ने नाममा अलपत्र पार्नु उपयुक्त हो ? पार्क निर्माणका लागि गत आ.व. मा कति बजेट विनियोजन गरिएको थियो र त्यो पूरा हुने गरि किन बजेट छुट्टाइएन ? अब यो निर्माणको काम कहिले पूरा हुन्छ ? जाडो विदामा मेरो घरमा आउने दुई भतिजिहरुलाई लिएर म फेरी उनिहरुको रहर पूरा गर्न त्यो पार्क जान पाउछु ? उनिहरुले अस्तिको पटक नै मलाई सोधेका थिए पिङ कस्ले चुटायो ? यहाँ पहिला फुलहरु हुन्थे कसले उखेल्यो । यस्तो झार किन भएको ? पोखरीमा पानीको फोहोरा हुनु पर्ने किन नभएको ? पोखरीको पानी कति फोहोर ? मैले यि प्रश्नको एकमुष्ट जवाफ के दिने होला ? नगरपालिकाकाले भत्कायो भन्ने कि ? पहिले जस्तै मेयर सापले राम्रो बनाउन लगाउदै हुनुहुन्छ भनेर बाल मस्तिष्कहरुलाई फेरी ढाँटु ? यो बजार क्षेत्रमा साना नानीहरुका लागि रमाउने र भुल्याउने एउटा पार्क थियो थप निर्माण पछि अझ रमणिय र उपयोगि होला भनेको झन खराव र जानै नमिल्ने पो भयो ? विकास निर्माणका काममा ढिला सुस्ती किन ? यति सानो काममा पनि यति ठूलो ढिलासुस्ती आलोचनाको एउटा माध्यम होइन र ? हामी साना तिना कुरामा किन ध्यान सकिरहेका छैनौ ?