~बाबुराम श्रेष्ठ यात्री
जिउँदो इतिहास बोकेर धरहरा
दुई पटक ढलेर पनि
फेरि भुइ माथी ठिङ्ग उभिएको छ
मानौं भिमसेन थापा
काठमाडौ हेरिरहेछ
बदलिँदो परिवेश धरहराको पेरिफेरिमा
शासन सत्ता घुम्छ
बिगुल फुक्छन शासकहरु
र परेड खेलाउछन टुडिखेलमा
मान्छेले बनाएका इमारत
उसको बुइ चढेर एकनास
धरहरा आफूलाई ठूलो भएको
अदभूत गरिरहेछ
सामुन्नेमा चौडा छातिहरु खोलेर
बाटोहरु लम्पसार छ
बेपर्बाह मानिसहरु सपना बोकेर
गन्तब्यतिर छरिएका छन्
उ हेरिरहन्छ
मान्छेका रात र दिनका चर्तीकला
र गौरब गरिरहन्छ आफुलाइ
धरहरा भएकोमा।