हिमपातका कारण बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।
हिजोदेखि ७ बजेदेखि बुधबार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमबर्षा भएको छ ।
बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेकोे छ ।
शहरको मौसम केन्द्रले बिहिबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४ः५० बजेपछि हिउबर्षा कम हुने जानकारी गराएको छ ।
चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई सङ्केत गर्दछ ।
मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ ।
हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।
एक्कासी एक्कासि जिनानमा हिउँपात र हावाहुरी शुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो। हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ ।
जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ ।
विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिंदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन्। सिन्ह्वा