फोन पेको अध्यक्षमा बैङ्कर सशिन जोशी नियुक्त

फोन पेको अध्यक्षमा बैङ्कर सशिन जोशी नियुक्त हुनुभएको छ ।

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी फोन पेको नयाँ अध्यक्ष नियुक्त हुनु भएको हो।

ढकालले राजीनामा दिएको बताउँदै सशिनले एफवान सफ्टलाई थप उचाइमा पुर्‍याउने बताउनुभयो।

जोशी यसअघि जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा कार्यकारी निर्देशक हुनुहुन्थ्यो । २०१५ देखि २०१८ सम्म नबिल बैंकको सीईओ हुनुहुन्थ्यो । २००३ मा एनआईसी बैंकको सीईओ भएका जोशी एनआईसी र एसिया बैंकसँग मर्ज भएसँगै साढे २ वर्ष सीईओ हुनु भएको थियो। उहाँको बैंकिङ करिअर स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सुरु भएको थियो। त्यहाँ उहाँले ३ वर्ष काम गर्नुभएको  थियो।

ढकालले भन्नुभयो , ‘पछिल्लो साढे ४ वर्षमा नै हामीले फोन पेलाई नेपालको सबैभन्दा ठूलो रिटेल पेमेन्ट पूर्वाधारको रुपमा विकास गरेका छौँ।’फोन पे नेपालको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो। नेपाल राष्ट्र बैंकले पेमेन्ट सिस्टम अपरेटरको रुपमा लाइसेन्स प्रदान गरेको छ। फोन पेले बैंकको मध्यमबाट व्यक्तिबीचमा कारोबारसँगै व्यक्तिले कम्पनीबीच अनलाइनबाटै कारोबार गर्नसक्छ।फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् भने १० लाख व्यवसायी छन्। नेपालमा साना कारोबार गर्न फोन पेको क्युआर कोड बढी प्रयोग हुने गरेको छ। सफल नेपाल


ताजा खबर