गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। यस्तै, गृहले एक महानिर्देशकको सरूवा गरेको छ भने ८ जना सहसचिवको पदस्थापन गरेको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन्।
जिल्ला प्रशासन पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीकोरुपमा सरुवा गरिएको छ भने कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनेका छन्। सुर्खेतका नारायण प्रसाद सापकोटा भोजपुर पुर्याइएका छन् ।
त्यस्तै, भोजपुरका हरिप्रसाद घिमिरे लाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उदयपुरका जनार्दन गौतम तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन्।