नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् ।
अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि थिइन् । तर, एक दशक अगाडि सोही बैंकको मुख्य प्रबन्धक पदबाट अवकाश पाएका पाण्डेयले सीईओमा बाजी मारेका छन् ।