ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ॐ हस्पिटलको सहकार्यमा लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरण र लायन्स क्लब अफ काठमाडौं मदरल्याण्ड वुमनको संयुक्त आयोजनामा सो खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका जि.एस.टी. कोअर्डिनेटर लायन जनार्दन फुँयाल, डिस्ट्रिक्ट को-अर्डिनेटर लायन विष्णु भण्डारी विशेष अतिथि रहनुभएको थियो ।
लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरणकी अध्यक्ष लायन शान्ता भण्डारी र लायन्स क्लब अफ काठमाडौं मदरल्याण्ड वुमनकी अध्यक्ष लायन नास्तु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट एड्भाइजर लायन कल्पना पौडेल घिमिरे तथा जोन चियरपर्सन लायन सरिता श्रेष्ठ र अन्य लायन पदाधिकारीहरु र लायन किरण श्रेष्ठ लयागतको उपस्थिति रहेको थियो ।
ॐ हस्पिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, प्रमुख वित्त अधिकृत धुर्व सुवेदी लगायत अस्पतालका उच्च व्यवस्थापनका अधिकारीहरु तथा ॐ हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष र पदाधिकारीहरु समेत उपस्थित हुनुहुन्थ्यो ।
ॐ हस्पिटल प्राङ्गणमा भएको सो रक्तदान कार्यक्रममा ॐ हस्पिटका चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरु तथा लायन्स क्लवका सदस्यहरु तथा सर्वसाधारले ६२ पिन्ट रक्तदान गर्नुभएको थियो । सफल नेपाल