अमेरिकी डलर र युरोसहितका विदेशी मुद्राको भाउ घट्यो
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ।
अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलर, यूरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।
हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६३ पैसा थियो।
आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ।
आइबार र सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा थियो।
त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ।
हिजो कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८२ पैसा थियो।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ र बिक्रीदर ३५२ रुपैयाँ ५९ पैसा तोकिएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७३ पैसा थियो।
आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६० पैसा थियो।
त्यसैगरी अस्टेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ।