नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले यहीँ फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।
बैठकमा राजनीतिक, समसामयिक विषयको समीक्षा, सङ्गठनात्मक समीक्षा र जनतामा आधारित पार्टी निर्माण लगायतका एजेण्डामाथि छलफल हुने निर्णय भएको पनि महासचिव पोखरेलले बताउनुभयो ।
यस्तै पार्टीले सञ्चालन गरेको अभियान मिसन ग्रासरुटको प्रतिवेदन प्रस्तुत, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुनुका साथै अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, एमाले सचिवालय बैठकले केही विभागहरूमा पदाधिकारीहरूको मनोनयन समेत गरेको छ । रासस