राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
बैठक पार्टी कार्यालय च:मतीमा दिउँसो १२ बजे बस्न लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि बैठक बोलाएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको प्रक्रिया र निर्वाचनका रणनीतिसम्बन्धी छलफल हुने छ ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।