साहित्यकार डा.लम्साललाई क्षेत्र प्रताप साहित्य पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ ।

तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्र प्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजारको रहेको छ । नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार डा रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । त्यस्तै गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी ९तनहुँ० लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

सङ्घीय सांसद रेखा यादवले सम्मानित व्यक्तित्वलाई पुरस्कृत गर्दै कला र साहित्यका क्षेत्रबाट देश विकासका लागि सकारात्मक दबाब सिर्जना गर्न आग्रह गर्नुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले तनहुँ कला, संस्कृति र साहित्यमा धनी रहेको चर्चा गर्दै साहित्यको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिहरूलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिई हाल काठमाडौँ बुढानीलकण्ठ निवासी डा.रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।

मोफसल बाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले तनहुँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा साहित्य, कला, सङ्गीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको सचिव माधव अधिकारीले बताउनुभयो । रासस


ताजा खबर